‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार) - Naya Online

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त छिन् । भविष्यमा सफल अभिनेतृ वन्ने अभिलाशा राखेकी नग्मा विज्ञापन, म्युजिक भिडियो र र्याम्प मोडलिङ गर्दै आएकी छिन् । जेपीजे इन्टरटेन्मेन्टको युट्युव कार्यक्रम चनमतीमा प्रीति योगीसँग गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?
म यो क्षेत्रमा लागेको ४ वर्ष भयो । सँगसँगै म अध्ययन पनि गरिरहेको छु । म अहिले वाणिज्यशास्त्रमा स्नातक गरिरहेकी छु ।

कसरी प्रवेश गर्नुभयो यस क्षेत्रमा ?
मैले मिस एसएलसीमा भाग लिएर प्रवेश गरेकी हुँ । त्यसबाट केही अनुभवहरू बटुलेँ । त्यसपछि मिस इण्डिजिनियसमा भाग लिएँ । जसले गर्दा मैले केही विज्ञापनहरूमा काम पाएँ । पत्रिकाको विज्ञापनहरूमा काम गरेपछि म्युजिक भिडियो, टिभीको विज्ञापन, र्र्याम्पको मोडलिङमा अफर आउन थालेको हो ।

यसक्षेत्रमा लाग्नुपूर्व के गर्छु या बन्छु भन्नु सोच्नुभएको थियो ?
मैले सानैदेखि यसै क्षेत्रलाई नै सोचेको थिएँ । र, छिट्टै नै प्रवेश गरिहालेँ । जस्तो, म स्कुलबाट फर्कनसाथ टिभी खोलेर फिल्म हेर्न थालिहाल्थेँ । कलाकारको अभिनय देख्दा आफूलाई त्यस्तै गर्छु भनेर कल्पना गर्थे । तर त्यो कल्पना कल्पनामै सिमित राख्थेँ । अभिभावकलाई, साथीभाईलाई भन्न सक्दिनँ थिएँ । कुरा निस्किहाले पनि मन पर्दैन भनिदिन्थेँ ।

बढिजसो नेपालको पूर्वीभेगतिर तपाईले काम गर्नुभयो नि, कसरी ?
अँ मेरो पूर्वतिर बढि लिंक भयो । मैले पूर्वको झापा, मोरङ, खोटाङतिर काम गरेकी छु । कसरी भयो भन्ने कुरामा यसै भन्न सक्दिनँ । काम गर्नेक्रममा पूर्वको मान्छेसँग बढि अवसर प्राप्त भएर होला कि !

घरजम पनि पूर्वै त होला कि ?
खै भविष्य के हुन्छ, थाहा हुन्न । यदि भयो भने बोलाउने छु नि तपाईलाई ।

तपाईले धेरै काम गरिसक्नुभएको छ, चर्चित भइसक्नुभएको छ, कलेजमा घेराईमा पर्ने, अटोग्राफ माग्ने हुन्छ कि हुन्न ?
त्यस्तो हुन्न । त्यहाँ विद्यार्थीमात्रै हो ।

व्वाईफ्रेण्ड त बनाउनुभएको छैन नि ?
छन् होला, तर कहाँ छन् थाहै छैन ।

साथीहरूले के भन्छन् ?
साथीहरूले मलाई लाटी भन्छन् ।

लौं, बोल्नुहुन्छ त अनि ?
होइन, बोल्छु । तर सोझी छु । त्यसैले लाटी भनेका हुन् ।

फिल्मी क्षेत्रमा त राम्रा नराम्रा मान्छे छन् भन्छन् नि, तपाई नि फन्दामा पर्नुभयो ?
अँ, छन् । मैले नि भेटेकी छु राम्रा नराम्रा दुवै प्रकारका । तर छान्दैछान्दै जाने हो । राम्रोको पछि लाग्ने हो, नराम्रालाई छोड्ने हो ।

म्युजिक भिडियो खेल्न शुरु गर्दा त पैसा तिरेर आउनुपर्छ भन्ने सुनिन्छ नि ?
मैले त्यो सुनेको हुँ । तर मैले त पारिश्रामिक लिएरै खेलेकी हुँ ।

फिल्ममा कहिले देख्न पाइएला तपाईलाई ?
फिल्ममा काम गर्ने कुरा भइसकेको हो तर लकडाउनले गर्दा भएन । अब केही पछि होला ।

तस्बिरहरू  नग्माको फेसबुकबाट

भिडियो कुराकानी हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

गहुँको छ्वालीमा चित्र बनाउने कोशिष गरिरहेको छु –रामकुमार तिवारी

रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको...

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी गजलकार/गीतकार वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला...

नयाँ भेट:मेरो पहिचान भन्नु नै साहित्य हो -लक्ष्मण कटुवाल गजलकार/पत्रकार

बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३...

जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने लेखनमा निकै चाखलाग्दो हुँदो रैछ -सन्तोष थेबे

नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा...

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन कवि/अभियान्ता, सिक्किम कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन ।...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...