लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी - Naya Online

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै मिडियामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिवार धरानको विजयपुरमा बसेको बैठकले सो घोषणापत्र जारी गरेको हो ।

सञ्चार माध्यम, सञ्चार गृह र राज्यको ऐन, कानुनहरू आदिवासी जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृत वर्ग भूगोलमैत्री बनाउन बैठकले माग गरेको छ ।

तेह्रथुमको वसन्तपुरमा हालै सम्पन्न लिम्बु पत्रकार सङ्घको तेस्रो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ऐतिहासिक किरातकालीन राजधानी विजयपुरको हुक्पाचोङबाङ मेमोरियल पार्कमा सम्पन्न भएको हो ।

वैठकद्वारा जारी घोषणापत्रको दोस्रो बुँदामा ताप्लेजुङको प्रसिद्ध मुन्धुमीस्थल सेममुक्त गोक÷मुक्तोमाङ÷मुक्कुमलुङ÷पाथीभरामा निर्माण गर्न लागेको केबलकार परियोजना आदिवासी याक्थुङ÷लिम्बु समुदायको आदिम मूल्य मान्यता, रैथाने दर्शन,पर्यावरण, परम्परा विपरीत रहेकोले त्यसको सशक्त बौद्धिक र प्राज्ञिक हिसाबले सञ्चार माध्यमहरूमा प्रतिरोध गर्ने नो केबलकार अभियानमा ऐक्यबद्धता जाहेर गरेको छ ।

साथै ऐतिहासिक विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्वको संरचनाहरूको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गर्न राज्यका तिनै तहका सरकार समक्ष सम्पदाका रूपमा सूचीकरण गर्न माग गरिएको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा भएको केन्द्रीय बैठकमा अतिथिहरू वरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रदीप मेन्याङवो, निलिफा सुब्बा, भैरव आङ्ला, चुम्लुङ सुनसरीका अध्यक्ष मोहन हुक्पाचोङबाङ समसामयिक सुझाव स्वरूप मन्तव्य व्यक्त गरेका थिए ।

बैठकले सङ्घको सङ्गठनात्मक विस्तार सहित लिम्बु समुदायका नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्न नीति तथा कार्यक्रमहरूको अवधारण पारित गरेको छ ।

बैठक सङ्घका महासचिव जीवनकुमार योङहाङले सञ्चालन गरेका थिए । बैठकमा केन्द्रीय समितिका पाहुनाहरूको स्वागत सुनसरी जिल्ला अध्यक्ष कुशल कुरम्भङले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...