नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ - Naya Online

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी

गजलकार/गीतकार

वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला अधिकारीको कोखबाट जन्मेका गजलकार हन् रोमु अधिकारी । लामो समयदेखि गजल साधनामा समर्पित उनको ‘छडके त्यो नजरको हेराइ नै मीठो…’ बोलको गीत नेपाली चलचित्र “ब्याड ब्योइ“ मा दिपक लिम्बुको आवाजमा, ‘माया दिए जोवन दिएँ मुटु ओछ्याइ दिएँ …’ बोलको गीत सुर्य राई दनुवारको आवाजमा, ‘चन्चल चन्चल यो मन मेरो….’ बोलको गीत अनुशा नेपालको आवाजमा लगायत अनेकौँ गीतहरू रेकर्ड भईसकेको छ । हाल रामधुनी नगरपालिकाको झुम्कामा स्थायी बसोबास गर्दै आएका अधिकारीको गत पुस २४ गते ‘बरियो’ गजल कृति प्रकाशनपश्चात व्यस्तता झनै बढेको छ । त्यसो त गजल साधना मात्र हैन स्वतन्त्र गजल लेखनको प्रदेश नम्बर १ को संयोजक बनेर मुलधारे गजल लेखनलाई धावा समेत बोलिरहेका अभियानता पनि हुन् । उनी नयाँ पुस्तालाई असाध्यै माया गर्छन् । बरियोको चर्चा परिचर्चामा भ्याई नभ्याईको व्यस्त समयका बाब्जुत नयाँ अनलाईनको शनिबारे परिष्टाङ्क नयाँ साहित्यको नयाँ भेटमा उनै गजलकार रोमु अधिकारीसँग गरिएको कुराकानीको नालीबेली यो हप्ताको नयाँ भेटमा ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
मेरो एउटा कृषि फर्म छ, केही समय त्यता छुट्याएको छु, दुइघन्टा जति अध्यन गर्छु । बाँकी समय साथिभाइहरूसँग सामाजिक सन्जालमा साहित्यिक गफगाफ गर्यो, सिर्जनामा साधना गर्नेगर्छु, विभिन्न साहित्यिक संस्थाहरूले गरेका साहित्यिक कार्यक्रमहरूमा सहभागी हुनेगर्छु बरियो सबै सामु पुर्याउनु लागिपरेको छु यसरी नै बितेको छ मेरो समय ।

बरियोले निक्कै दौडधुप बढाएको होला ?
त्यस्तो पनि होइन । हरेक सर्जकको सपना हुन्छ कृति प्रकाशन गर्ने र सबैतिर सबैको हात हातमा पुगोस् भन्ने जो मैले पनि गरिरहेको छु । माग धेरैतिर छ म आफै चुकेको छु ब्यस्तताले पनि र अलि अलि लापरबाहीले पनि सबैतिर पुर्याउनमा चाहिँ सकिरहेको अवस्था छैन तर कोशिस भने जारी छ ।

बरियो पढेपछी गजलप्रिय मनहरू के भन्दैछन् ?
यो गजल संग्रहमा सरल शब्दमा कोरिएका भावपुर्ण गजल रहेछन् सिक्दै गरेका गजलकारहरूको निमित्त धेरै उपयोगी पुस्तक हो यो भन्नुहुन्छ धेरैले ।

अलि पछि मात्र कृति आउला भन्ने गर्नुहुन्थ्यो एक्कासि आयो नि ?
यो पुस्तक प्रकाशन को जिम्मा साहित्य कला संस्कृति प्रतिस्ठान धरानले लिएर पनि म उत्साहित भएको हुँ । आभार व्यक्त गर्ने शब्दहरू मसँग छैन उक्त प्रतिष्ठानप्रति । तर नै छाती चौडा बनाएर भन्छु आभार ब्यक्त गर्दछु । साकस परिवार साथै धरान उपमहानगर पालिका १३ नम्बर वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेज्युको ठूलो सहयोग पाएर मेरो बरियो चाँडैं आएको पनि हो , नत्र दुई बर्षपछी निकाल्ने मनसाय थियो मेरो ।

बरियोले रोमु अधिकारीलाई हिजो र आजमा के फरक बनायो ?
अग्रजहरूले पनि सम्मान पुर्वक नाम लिनुहुन्छ सबैको सद्भाव पाएको छु प्रतिक्रिया पनि राम्रो पाएँ, अब अझै राम्रा खारिएका गजलहरू लेख्नुपर्ने जिम्मेवारी थपिएको महसुस भएको छ !

अनि तपाईँ त स्वतन्त्र गजल लेखन अभियानको प्रदेश – १ को संयोजक हुनुहुन्छ नि ? गतिविधि के कसरी अघि बढिरहेको छ ?
पहिलेको तुलनामा अलिक कामको गति कम भएको भने पक्कै हो । १ नम्बर प्रदेश का १४ वटा जिल्लामा तदर्थ समिति गठन गर्ने क्रम छ । मेरो संयोजकत्वमा ५ जिल्लाको गठन भइसकेको र ९ जिल्ला बाँकी छन् अब चाँडै त्यो पनि पुरा गर्छु । बरियो विमोचन र व्यबस्थापनका कारण अलि सुस्त भएको पनि हो । साथै चाडै केन्द्रिय समितिले दर्ता गरेर विभिन्न जिल्लामा गजलको उत्थान र गजलकारहरूको हितमा काम र कार्यक्रमहरू ल्याउँने प्रक्रियामा केन्द्रीय समिति लागिपरेको कुरा पनि सबैलाई जानकारी गराउँदछु ।

तर खास त गजल लेखन त शास्त्रीय र गेयात्मक हुनु पर्छ भन्छन् नि त गजल पन्डितहरू ?
यसमा सबैको आ–आफ्नै खाले बिचार र धारणा छ तर गजल लेख्ने दुईथरी जमात छन् अहिले देखिएको । एक थरी गजल गजलका प्रमुख अङ्ग प्रयोग गरेर स्वतन्त्र रुपमा लयमा पनि मिटरमा पनि लेख्दा हुन्छ भन्ने, अर्कोथरी छ्न गजल बहरमा हुनुपर्छ भन्ने ..। अब म पनि स्वतन्त्र रुपमा नै गजल लेखिरहेको छु । मलाई के लाग्छ भने मेरो आफ्नो बिचार गजल लयात्मक विधा हो । यसलाई चट्ट मिटर मिलाएर लेखेर लयमा गाउन सकिन्छ म मेरा ७/८ वटा गजललाई तरन्नुममा गाइरहेको छु कार्यक्रम हरूमा । एउटै कुरा के बुझ्न जरुरी छ भने शास्त्रीय विधामा लेखे पनि स्वतन्त्र भएर लेखेपनी सिर्जना अरुको मन छुने हुनुपर्यो । मीठो भाव बोकेको अन्दाज गहिरो आएको गजल गजल हुन र चर्चा पनि तिनै गजलको छ र सबैको मुख मुखमा झुन्डिएका पनि छन् ।
जसलाइ जस्तो आउँछ लेख्न छोडनु हुँदैन कुनैपनी बिधाको बिरोध गर्नु हुँदैन । एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ जस्तो लाग्छ मलाइ । यो मेरो व्यक्तिगत बिचार हो सबैलाई मान्य नहुन पनि सक्छ ।

यसको मतलब बरियो पनि स्वतन्त्र गजल लेखन अन्तर्गत नै छ भन्दा फरक पर्दैन ?
अवस्य , स्वतन्त्र रुपमा बगेका गजल नै हो बरियो गजल सङ्ग्रह । म भरसक मिटरलाई प्राथमिकता दिन्छु त्यसपछि लय पनि मिलाउन खोज्छु लेख्दाखेरी ।

बरियो गजलकृतिबाट गजलकार रोमु अधिकारी के कति सन्तुष्ट छ ?
बरियो आउनुपूर्व नै बरियोको चर्चा परिचर्चा सामाजिक संजाल भरी पुर्व मेचीदेखि महाकाली सम्म कै धेरै सर्जक हरूको भित्ता भरी देख्न पाएँ सबैले शुभकामना दिनुभएको थियो । साथै पुस्तक बिमोचनको दिन धेरै दिग्दज स्रस्टाहरूको बाक्लो उपस्थिति देखेर म अत्यन्तै उत्साहित र खुशि भएँ
अर्को कुरा अहिलेसम्म पनि मेचीदेखि सुदुर पश्चिमसम्मका धेरै सर्जकरुले पुस्तक माग गरिरहनु भएको छ , कहाँ पाउँछ? कुन पुस्तक पसलमा? हामी कहाँ चाडो आइपुगोस् भनिरहनु हुन्छ । एउटा लेखकको निम्ति यो भन्दा खुशीको कुरा अरु के होला र ? जसको महसुस तपाई पनि गर्नुहुन्छ ।

भावी योजना त्यस्तो केही ?
साहित्य कै क्षेत्रमा धेरै काम गर्नुछ मैले । स्थानीय मेरो ठाउँमा केही गर्न सकेको छैन साहित्य क्षेत्रका साथीहरूलाई समेटेर संस्थागत रुपमा अगाडि बढनु छ । र एक नम्बर प्रदेशको आधुनिक नेपाली गजल अभियानमा सशक्त रुपमा काम गरेर सबैलाइ अगाडि ल्याउने योजनामा पनि छु । अरु त्यस्तो योजना अहिले खासै छैन ।
र अन्तमा मलाई मेरो आफ्नो धारणा राख्ने यो अबवसर दिनुभएकोमा सर्जक साहित्यिक अभियन्ता ‘नयाँ अनलाइन’को ‘नयाँ साहित्य’ टिमलाई हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद, जय साहित्य ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

गहुँको छ्वालीमा चित्र बनाउने कोशिष गरिरहेको छु –रामकुमार तिवारी

रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको...

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी गजलकार/गीतकार वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला...

नयाँ भेट:मेरो पहिचान भन्नु नै साहित्य हो -लक्ष्मण कटुवाल गजलकार/पत्रकार

बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३...

जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने लेखनमा निकै चाखलाग्दो हुँदो रैछ -सन्तोष थेबे

नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा...

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन कवि/अभियान्ता, सिक्किम कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन ।...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...