केशव भेटवाल
अध्यक्ष फेदाप गाउपालिका
तेह्रथुम जिल्ला फेदाप गाउपालिका एउटा पर्याटकीय क्षेत्रको रूपमा निकै धनी गाउपालिकाको रूपमा लिन सकिन्छ । सरकार परिवर्तनपछि हाम्रा योजनाहरू लथालिङ्ग भएको छ । एउटा सरकारले योजना बिनियोजन गर्दछ त्यो योजना कार्यवनयन हुदा नहुदै त्यो सरकार परिवर्तन हुनेभएकोले यी योजनाहरूलाई निरन्तरता दिनका लागि समस्या भएको गाउपालिका अध्यक्ष केशब भेटुवालले बताउनुभयो । फेदापले दुई नगरपालिका र चार गाउपालिकालाई चुनौति दिदै सिङिजंगा लिपीमा फेदाप गाउपालिकाको भवन र वडा कार्यालयहरूमा लेटरप्याटहरू चलाउदै आएको छ । फेदापे जनताहरूको आवश्यकतालाई मध्यनजर गरेर गाउपालिकामा रहेका जेष्ठ नागरिकहरूका लागि घरघरमा गएर शिविर वर्षमा एक पटक सन्चालन गर्दै आउनुभएको उनै गाउपालिका अध्यक्ष भेटुवालसँग राजकुमार तेयुङ तरेवाले गर्नुभएको कुराकानी ।
नागरिकहरूको आवश्यकता अनुसार कुन आवश्यकतालाई प्राथमिकतामा राख्नुभएको छ ?
फेदाप गाउपालिकाको नागरिकहरूको पहिलो रोजाई स्वास्थ्य र शिक्षा नै हो । जनता शिक्षित र सचेत भएभने सबै बाँकी कुरा कामहरू गर्न सकिन्छ । जस्तै स्वास्थ्य भयो भने शिक्षा लिनसकिन्छ । शिक्षा लिएपछि सबै कामहरू गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले स्वास्थ्य र शिक्षा नै आवश्यकता पर्दछ ।
स्वास्थ्य शिक्षा र खानेपानी मध्ये तपाईको आवश्यकतामा कुन पर्दछ ? र तपाईको भिजन कस्तो छ ?
प्हिलो प्राथमिकता स्वास्थ्य र शिक्षा नै हो । त्यसपछि पार्याटन, कृषि हो । हामी कृषिप्रधान देशका नागरिक हौ । फेदाप गाउपालिकाको भुगोललाई हेर्दा गाउपालिकामा केहि उद्योगहरू सन्चालन गर्नका लागि फेदाप गाउालिकाको वडा नं. ४ लाई अलैची जोनको रूपमा, वडा नं २ लाई पशुपालनको रूपमा, वडा नं. ३ र वडा नं ५ का केही भुभागहरूलाई कागती र सुन्तलाको पकेट एरिया र अरु भुभागहरूमा सुख्खा क्षेत्र रहेको ठाउ मैनतप्पा फेदाप १ र फेदाप ३ मा रहेको ढाँडे लगायतमा क्षेत्रहरूलाई लिचि, आप, ड्रईगन फुड, पशुपालन सम्बन्धी विकास गर्ने अबधारण अन्तरगत फेदाप गाउपालिकाले लगानी सुरु गरेको छ । बर्षेनी बजेट त्यस ठाउँमा छुटयाउने गरेको छ । त्यसपछि एक घर एक मेवाको अवधारण हामीले लिएर सुक्खा क्षेत्रमा कृषिलाई प्राथमिकतामा राखेका छौं । कृषिसम्बन्धी जुनसुकै उत्पादनमा पहिचान गरी उत्कृष्ठा पाँचलाई जुनसुकै विधाको कृषि होस् यस बर्षबाट रु ५ लाख रूपैया पुरुस्कार स्वरूप कृषकलाई पुरुस्कार गर्ने छौ ।
कृषकहरूको ‘उत्कृष्ट पाँच’ कसरी छनौट गर्नुहुन्छ ?
सुचना हामीले सम्बन्धी वडाहरूमा पठाएका छौ । त्यो सुचनाको आधारमा उहाहरू कृषकहरूले निवेदन दिनुहुन्छ । निवेदन पश्चात यी माथी भनिएका विधाहरूमा सम्बन्धित हाम्रो प्राविधिक र सम्बन्धित वडाका वडाध्यक्ष र सदस्यहरूको रोहवरमा मूल्याङकन भएपछि पुरुस्कार दिन्छौ ।
सरकारको दीगोपन नहुनाले गर्दा, फेदाप गाउपालिकाको विकासमा कतिको असर पुगेको छ ?
सरकार परिवर्तनपछि हाम्रो योजनाहरू लथालिङ्ग भएको छ । एउटा सरकारले योजना विनियोजन गर्दछ त्यो योजना कार्यन्वयन हुँदानहुदै त्यो सरकार परिवर्तन हुनेभएकोले यी योजनाहरूलाई निरन्तर दिनका लागि समस्या भएको छ । फेदाप गाउपालिकाको तीन चार वटा योजनाहरू त्यस्तो भएको छ । जस्तै जलजलेमा रहेको दुई वटा योजना, ईसिबुमा रहेको दुई वटा योजना यसरी नै ओयाक्जुङको योजनाहरूको टेन्डर भएका ५० लाख ८० लाख १ करोडका योजनाहरू शहरी विकास मन्त्रालय अन्तरगत माननीय सीता गुरुङ हुँदा योजना बिनियोजन भएको थियो । यी योजनाहरू ठेक्काबाट भएको थियो । अब उहाँ हट्नुभयो त्यसपछि अर्को मन्त्री आउनुभयो त्यसपछि ती योजनाहरूलाई निरन्तरता दिनलाई हाम्रो पहुच नै पुगेन । सरकार स्थायित्व भए स्थानियका विकासहरू गर्नलाई सहज हुन्थ्यो । कम्तीमा पनि पाँच वर्षसम्म एउटै सरकार भईदिए छुटिएको योजनाहरूको विकासका कामहरूमा काम गर्नलाई सजिलो हुन्थ्यो ।
फेदाप गाउँपालिकाले जेष्ठ नागरिकहरूको लागि के के काम गरेको छ ?
स्थानिय सरकार भईसकेपछि सिंहदरबार घरघरमा भन्ने जुन गणतन्त्र आएपछि स्थानीय सरकारको अबधारणा भयो । प्रदेश सरकारको अबधारणा भयो । त्यसपछि जनताहरूको आवश्यकतालाई मध्यनजर गरेर गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरूका लागि घरघरमा गएर शिविरजस्तो वर्षमा एक पटक सञ्चालन गरेको छ । काठमाण्डौबाट डाक्टर ल्याएर स्वास्थ्य शिबिर सन्चालन गरेको छ । दीर्घरोगीका लागि गाउपालिकाले सहयोग गरेको छ । जेष्ठ नागरिकहरूका लागि जेष्ठ नागरिक औषधी उपचार खर्च लगायतका थुप्रै कामहरू फेदाप गाउपालिकाले गरेको छ ।
फेदाप गउपालिका सुक्खायामा आगोलागिको जोखीम गाउपालिका हो आगो लागि हुन नदिन र आगलागीबाट बाच्नलागि दीर्घकालीन तपाईको योजना के छ ?
आगलागीबाट बाँच्नका लागि हामीले होडीङ वोर्डहरू राख्ने तयारीमा छौ । आगो लागि किन हुन्छ कस्को लार्पवाहीले हुने गर्दछ ? त्यसको लागि जनचेतनाका लागि आगलागी भएका क्षेत्रहरूमा होडीङ बोर्डहरू राख्ने भनेर कार्यपालिकाले निर्णय गरेको छ । यो होडिङ बोर्डहरू खरङ्वा खोलाको दोभान, सिम्रा पुल छेउहरूमा, जलजलेको तल्लो भेगमा राखिन्छ । आगो लाग्दा के हुन्छ कस्तो डण्डहरू हुन्छ जनचेतनाका लागि त्यो होडिङ बोर्डमा राख्दा आधाजति आगलागी रोकिन्छ भन्ने हामीलाई लागेको छ । आगलागी ठाउहरूमा अग्नीरेखाहरू कोर्नेका लागि बाटोहरूको सर्भे गरेका छौ । यसो गर्दा जनचेतनाबाट आधा र अग्नी रेखाबाट २५ प्रतिशत त्यसपछि बसाई सराईलाई रोकेर रैकार जग्गाहरूलाई आवादी जग्गा बनाएर आगलागीमा न्युनीकरण गर्न सकिन्छ भन्ने बुझाई हो । आगलागीकै लागि एक घर एक सय मेवा भन्ने अवधारणा ल्याएका हौं । घरको वरिपरी मेवाको बगान भयो भने आगोको ज्वाला आयो भने पनि त्यसले आगोलाई रोक्छ भन्ने बुझाई हो । त्यसपछि सुक्खा क्षेत्रका लागि लिप्टीङबाट खानेपानीको व्यावस्था गर्नका लागि १५, १६ करोडको योजनाहरू सञ्चालन भैरहेको छ । यसको ६० प्रतिशत काम भैरहेको छ । अब हाम्रो स्रोतहरूको सञ्चालन गरेर यहाँ भएका स्थानीयहरूलाई बसाई सराईबाट रोकिन्छ भन्ने लागेको छ ।
स्थानीय भाषा लिपिका लागि के के गनुभयो त ?
हामीले भाषा लिपीहरूको कुरालाई ध्यानमा राखेर सिरिजंङ्गा लिपिमा फेदाप गाउपालिकाको लेटरप्याड बनाएका छौं । गाउँपालिकाको भवनहरू र वडाहरूमा पनि लेखिएको छ । हामीले यहाँको जनसंख्याको आवश्यकता अनुसार हामीले गर्ने हो । पुरानो भनाई छ, जुन पाराले मादल बज्छ सोहि पाराले नाच्नु सक्नुपर्छ । जस्तो यहाँको जनताले के चाहन्छन् त्यो कुरालाई हामीले साथ दिएका छौ । फेदाप गाउपालिकामा अहिले ३२ जना जति भाषा शिक्षकहरू लिम्बु, राई र तामाङ पालिकाले राखेको छ । उहाँहरूले आफ्नो भाषा लिपीलाई संरक्षरण गर्ने हो । संस्कार र पहिचानलाई संरक्षरण गर्ने कुराहरूमा हामी सचेत छौ र गाउपालिकाको कार्यपालिकाले निर्यण गरेका छौ । त्यसपछि हामीले फेदाप मुन्धुम मार्गका लागि गत गाउँपालिका अधिवेशनले पारीत गरेको छ । यस मुन्धुम मार्गमा गाडी र मोटर साईकल नचल्ले गरी पैदल मार्गको रूपमा बाटो गरी फेदाप मुन्धुम मार्ग बनाउने तयारी गरेका छौ ।
पछिल्लो समयमा युवाहरू वैदेशिक रोजगारमा जाने क्रम बढेको छ यसलाई रोकथापका लागि तपाईको पालिकाले के के गर्दैछ ?
यो सम्बन्धमा नेपाल सरकारलेनै सबै कार्यक्रम दिएको छ । स्वारोजगार कार्यक्रमअन्तरगत फेदाप गाउपालिकालाई १ करोड छ । यसमा प्रत्येक वडाहरूका २२, २३ जना युवाहरूले १०० दिनका रोजगार दिएको छ । वैदेशिक जाने युवाजति यहि राज्यले हामीलाई बस्ने वातावरण मिलाई दिए नेपाल पनि बन्छ देश पनि बन्ने कुरा हो तर त्यो गर्ने कुरा हो । यसको लागि राज्य नै लाग्नुपर्ने हुन्छ । वैदेशिक रोजगार रोक्नलाई गाउपालिका, प्रदेश र संघ सरकारले नै नीति कार्यक्रम बनाएर रोक्न सके मात्र सकिने हामीले महसुस गरेका छौ ।
निर्वाचन हुँदै गर्दा मतदातालाई दिनुभएको आश्वासन र तपाईको घोषाणा पत्रअनुसार कति काम गर्नुभयो ?
हाम्रो घोषाणा पत्र सबै मतदाताको हातहातमा दिएका थियौ । एउटा हिउँदले मात्र हिउँदो नजाने भएकाले पनि स्वास्थ्य र शिक्षामा ६० प्रतिशत घोषाणा पत्र अनुसार काम गरेको छु । कृषि र पर्याटनमा २५ देखि ३० प्रतिशतमा मात्र छु । किनभने कृषिमा जुन कुरा घोषणा पत्र र मतदाताहरूसँगको कुराको अभ्यास हुँदाहुँदै पनि जनचेतना गर्न नसकिएको अवस्था छ । हामीले साझेदारीमा कार्यक्रम दिन्छौ । तर हाम्रो मान्छेहरू जस्तै एउटा उदारण यहाँबाट पकेट एरियामा सुन्तला र कागतीको बिरुवा थियौ र सँगसँगै सिचाई गर्न पाईप र ट्याङ्की पनि दियौ । अब त्यो कृषकहरूबाट कस्तो रिजल्ट आयो भने टेङकी र पाईपका लागिका फम भर्ने सुन्तला र कागतीको बिरुवाहरू १०० र १५० बिरुवा लानेले ५० ओटा बिरुवा पनि नरोप्ने गरेपछि हामीले खोजेको पकेट एरिया नहुने भयो रिजल्ट नआउने भयो । अर्को वैदेशिक रोजगारले पनि यस्तो गर्दो रै छ त्यसैले हामीले दिएको घोषाणा पत्र अनुसार स्वास्थ्य र शिक्षामा ६० प्रतिशत, कृषि र पर्यटनमा २५ देखि ३० प्रतिशत मात्र काम गरेको छु । अघिल्लो कार्यकालको अध्यक्षले दुई कार्यकालसम्मको योजनाहरू बनाएर गएपछि हामीले आफ्नो घोषणापत्र अनुसार काम गर्न रिजल्ट कहा आउने रै छ र ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।