बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३ का सहसचिव समेत हुन् । पत्रकारितामा पनि उनको उपस्थिति रहने गर्दछ । पत्रकारहरू संस्थागत हुने क्रममा गत फागुन ७ गते प्रेस चौतारी नेपाल, बराहक्षेत्र नगरको अध्यक्षमा सर्वसम्मतले चयन भए । उनलाई यो बेला बधाईको ओइरो छ । बधाई थाप्न भ्याई नभ्याई छ तर त्योसँगै उनको सिर्जना लय र निरन्तरताप्रति चुनौति पनि छँदैछ । उनका पाठकहरूका यस्ता खुलदुली र कौतुहलताहरू छँदैछ । ति नै शुभेच्छुकहरूको जिज्ञासा र खुलदुली मेटाउने क्रममा उनै लक्ष्मण कटुवाल यो हप्ताको ‘नयाँ अनलाइन’को शनिबारे परिष्टाङ्क ‘नयाँ साहित्य’को ‘नयाँ भेट’मा ।
सर्वप्रथम बधाई अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी पाउनुभएकोमा ?
धन्यवाद, तपाईं र यस नयाँ अनलाइनलाई।
अहिले के पढ्दै हुनुहुन्छ ? वा के लेख्दै हुनुहुन्छ ?
म विशेष साहित्यिक मान्छे,लेख रचनाप्रति निकै उत्सुकताकासाथ कलम चलाउन मन लाग्छ । साहित्यिक विधाका किताबहरू पढ्न रुचाउँछु जसले सिर्जनाकालागि प्रेरणा मिल्छ।
अब त तपाइँको परिचयमा सिर्जनासङ्गै पत्रकारिता अनि धेरथोर राजनीति पनि जोडियो हगि ?
स्वभावैले मानिस जिज्ञासु हुन्छ ,समाजमा कुनै न कुनै माध्यमबाट समाजलाई रुपान्तरण गर्न चाहान्छ, त्यसमा म पनि पर्छु। राजनीति, पत्रकारिता अनि साहित्य यी तीन कुरा रचना तथा सिर्जनाका माध्यम नै हुन, राजनीतिले समाजलाई परिवर्तन गराउन मद्दत गर्छ, पत्रकारिताले गाउँ समाजमा भएका गतिविधि,घटना आदिको सूचना सम्प्रेषण गराउन र खराब बाटो हिडेकालाई झकझकाउन महत्वपूर्ण भूमिका खेल्छ र साहित्यले चाहिँ मनको बह पोख्ने, सिर्जनशील हुन सिकाउँछ त्यसकारण कलमका माध्यमबाट परिवर्तन गराउन यी बाटातिर लम्किएको छु ,कति सफल भइन्छ आउने दिनले बताउने छ। मेरो रोजाइका विषय चाहिँ साहित्य र पत्रकारिता रहेको हुँदा यसमा लागेको छु र आस्था आफ्नो ठाउँमा छ तर स्वतन्त्रता लेखनलाई पहिलो प्राथमिकता रहनु पर्छ र रहन्छ पनि।
अबको साहित्यिक यात्राले कस्तो मोड लिएला ?
मेरो साहित्य पहिचान हो,स्रष्टा र सिर्जनालाई माया गर्ने मान्छे भएकाले यसमा मेरो कलम चलिरहन्छ,म बराहक्षेत्रकै प्रतिष्ठित साहित्यिक संस्था “स्वर्णिम साहित्य समाजमा आबद्ध भएर साहित्यिक यात्रामा लागेको पनि ४÷५ वर्ष भइसकेको छ जुन संस्थाको सह सचिव भएर काम गरिरहेको छु मलाई साहित्य सिर्जना औधि मन पर्ने हुँदा यसलाई माया मार्ने भन्ने हुन्न। साथै पत्रकारितालाई नि अगाडि बढाउदै छु।
लेखन, पत्रकारिता र राजनीतिको सन्तुलन मिलाउन सकिएला ?
मानिस सामाजिक प्राणि भएकाले समाजका गतिविधिलाई नजिकबाट नियाल्ने यी तीन माध्यम हुन् राजनीति, पत्रकारिता र साहित्य।यीनले समाजलाई नजिकबाट चियाउने काम गरिरहेको हुन्छ । मैले सुरुमा भने समाजमा सेवा गर्ने माध्यम एक राजनीति हो । कलम चलाउने मान्छेले समय अनुसार सिर्जना नि गर्छ र पत्रकारितातिर नि अघि बढ्छ र साहित्यिक यात्रालाई पत्रकारिता क्षेत्रले झन सहयोग पुर्याउने नि गर्छ त्यसकारण व्यालेन्स मिलाएर अघि बढ्नु पर्छ। त्यो ममा विश्वास छ।
हिजोको दिनमा जस्तो यहाँका वजनदार सिर्जना पढ्न नपाइने पो कि भन्ने तपाईका पाठकहरूको चिन्ता छ नि ?
पाठकले चिन्ता लिनु स्वभाविक पनि हो, यसरी सोचिदिनु हुन्छ, माया गरिदिनु हुन्छ खुसी लाग्छ तर उहाँहरूको साथ, मायाले झन हौसला बड्ने हुदा साहित्यिक यात्रा झन कसिलो भएर अघि बढ्छ,उहाँहरूलाई विश्वास दिलाउन चाहान्छु। बाटो बिराउन थाल्दा झकझकाई दिने मेरो आदरणीय दाइ स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली हुनुहुन्छ ,बेला बेला सम्झाउनु हुन्छ,उहाँप्रति ऋणी नि छु,उहाँहरूको हातमा भएकाले बाटो बिराउदिनँ भन्ने लाग्छ।
तपाईंले यो जिम्मेवारि पाएसङ्गै तपाईंको साहित्यिक संस्था र साहित्यलाई के कस्तो टेवा मिल्ला?
साहित्यिक संस्थालाई एउटा ओजन तह बनाउने ,त्यसलाई हरेक शुभेच्छुककासाथ पुर्याउने माध्यम संचार तथा पत्रकारिता नै हो ।भर्खरै मात्र प्रेस चौतारी नेपाल, बराहक्षेत्र नगरको अध्यक्ष पदमा निर्वाचित भएको छु, सम्पूर्णमा धन्यवाद दिन चाहान्छु,आशा छ संस्थालाई थप टेवा पुग्ने छ। संस्था र साहित्यिक सर्जकहरूलाई मबाट सदैव सम्मान हुनेछ।
लेखनमा कुनै केही नयाँ गर्दै हुनुहुन्छ कि ?
अँ ! लेखन बेलामौका लेख्छु ,गजल,कविता अनि लेख रचना। म चाहिँ निजि विद्यालयमा शिक्षण पनि गर्ने गरेको हुँदा समय दिन अलिक भ्याइरहेको छैन,रचना त मोडको कुरा न हो मोड चलेपछि फुरि हाल्छ अझ के खुसी लागेको छ भने ममा जिम्मेवारी बढेको छ सबैसित सहकार्य, एकता र समन्वयकासाथ अघि बढ्नु छ ,पत्रकारिताले चाहिँ विभिन्न फिल्डमा हिड्नु पर्ने हुँदा त्यसबाट सिकेका कुरालाई सिर्जनामा परिणत गर्न मिल्ने विश्वास लिएको छु।
तपाइँको भुगोलमा भएका साहित्यिक गतिविधि कत्तिको प्रभावकारी छ ?
सबैलाई साहित्य मन नपर्न सक्छ। अहिलेको समयमा नेपाली भाषा,साहित्य,कलाले निकै महत्व बोक्न थालेको छ,चासोको विषय बन्दै छ पहिला यस्तो थिएन त्यसकारण मैले राम्रो गरेँभने मबाट प्रेरित बनाउने वातावरण सिर्जना गर्नु मुख्य रहन्छ जस्तो लाग्छ,आउने पिढीलाई यसतर्फ उन्मुख हुने काममा नि लाग्नु पर्छ थोरबहुत साहित्यिक मन छन्।
भावी योजना त्यस्तो केही ?
पहिलो पेसालाई प्राथमिकतामा राख्नु पर्छ त्यसपछि अन्य ।अब पत्रकारितासगँसगै साहित्यिक यात्रालाई अगाडि बढाउने धेय लिएको छु,साहित्यिक कार्यक्रममा सहभागी हुँदै गर्दा कार्यक्रमको रिपोर्ट गर्न समेत सघाउ पुग्ने हुँदा पत्रकारिताले कार्यक्रमको नजिक पुर्याउन सहयोग गर्छ। मेरो रोजाइको विषय पनि थियो पत्रकारिता आज प्रेस चौतारी नेपाल बराहक्षेत्रले मलाई विश्वास गरि जिम्मेवार सुम्पिएको छ ,खुसीका साथ आभार व्यक्त गर्न चाहान्छु र श्रमजीवि पत्रकारहरूको हकहित र स्वतन्त्रता र व्यवसायिक पत्रकारिताप्रति सदैव जुट्ने विश्वास पनि दिलाउन चाहान्छु। मान्छेको स्वभाव नै कुरा काट्ने, खुट्टा तान्ने हुन्छ,पहिले सकरात्मक सोच लिन आवश्यक छ । र अन्त्यमा मेरो विचार राखि दिनु भयो तपाईं र यश अनलाइनप्रति हार्दिक कृतज्ञता ज्ञापन दिन चाहान्छु।यस्तै साथ,सहयोग अनि सुझावको थप अपेक्षा पनि राख्दछु,धन्यवाद।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।