तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने - Naya Online

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालको संयुक्त आयोजनामा आगामी जेठ १० र ११ गते ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर (२०८२)’ सञ्चालन हुने भएको छ ।

शिविर तेह्रथुम जिल्ला अस्पताल, म्याङलुङमा जेठ १० गते बिहान ९ बजेदेखि ५ बजेसम्म र जेठ ११ गते ९ बजेदेखि ११ः३० सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यस शिविरअन्तर्गत विभिन्न गम्भीर रोगबाट पीडित तेह्रथुमका नागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र आवश्यक उपचारको सुविधा प्रदान गरिने आयोजक तेह्रथुम सरोकार समाजले जनाएको छ।

म्याङलुङ नगरपालिका मेयर सन्जय तुम्बाहाम्फेले शिविरमा नेपालका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्यग्राहीहरूको स्वास्थ्य परीक्षण गराई उपचारबारे सरसल्लाहका साथै निःशुल्क औषधि उपलब्ध गराइने जानकारी दिए। उनले भने, ‘पालिका प्रमुखहरूले आफ्नो पालिकाअन्तर्गतका स्वास्थ्यग्राहीहरूलाई बसबाट म्याङ्लुङसम्म ल्याउने लैजाने गर्नेछन् भने सरोकार समाजले चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई यातायातको व्यवस्था गरी काठमाडौंबाट म्याङलुङसम्म ल्याउनेछ।’ त्यसैगरी, चिकित्सक संघले स्वास्थ्य जाँच एवं निशुल्क औषधि प्रदान गर्नेछ भने म्याङलुङ नगरपालिकाले खाने र बस्ने व्यवस्था मिलाउने पालिका प्रमुखले जानकारी गराए।

उक्त दुई दिने शिविर कार्यक्रममा बिपी मेमोरियल, धरान, भरतपुर क्यान्सर अस्पताल, र टिचिङ् अस्पताल, महाराजगन्जका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य जाँच तथा सकभर उपचारसमेत गरिने मेयर तुम्बहाम्फेले जानकारी गराए। यस प्रकारको कार्यक्रम तेह्रथुम जिल्लाको इतिहासमा यो नै संभवत पहिलो भएको बताइएको छ ।

यस शिविरमा क्यान्सर, मुटुरोग, मृगौला, नाक–कान–घाँटी, हाडजोर्नी, स्त्रीरोग, बालरोग, चर्मरोग, मधुमेह, थाइरोइड, आँखा, दाँत, नसा, मानसिक स्वास्थ्यलगायतका विषयमा विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्नेछन्।

काठमाडौँ, भरतपुर, भक्तपुर, विराटनगर, धरान लगायतका प्रमुख अस्पतालहरूका १०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सो शिविरमा सहभागी हुनेछन्। कार्यक्रम संयोजक हरिपतिलाल श्रेष्ठले यस शिविरलाई सफल बनाउन स्थानीय नागरिक, मिडिया र सम्बन्धित निकायहरूलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले भने, ‘यो शिविर ग्रामीण क्षेत्रका मानिसहरूका लागि ठूलो अवसर हो। सबैलाई स्वास्थ्य लाभ उठाउन आग्रह गर्छु।’ तेह्रथुम जिल्लाको स्वास्थ्य सेवामा तेह्रथुमवासीको पहुँच बढाउन यो शिविरले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालको संयुक्त आयोजनामा हुने यो पहिलो कार्यक्रम हो। तेह्रथुम जिल्लाबाट काठमाडौंमा आएर विभिन्न पेसामाआबद्ध तेह्रथुमे दाजुभाइ तथा दिदीबहिनीहरूबिच आपसी सद्भाव र सहयोग गर्ने उद्देश्यले २०६३ सालमा तेह्रथुम सरोकार समाज नेपालको स्थापना भएको थियो।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...