नयाँ भेट: 'पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो' - Naya Online

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन
कवि/अभियान्ता, सिक्किम

कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन । उनको जन्म पिता स्व. बिरेन्द्र रसाइली र माता विमला खातीको कोखबाट ३१ दिसम्बर १९७८ मा गान्तोकमा भएको हो । शिक्षण पेशामा रहेका रोदन आफ्नी छोरीका नाउँमा ‘काव्या प्रकाशन’ चलाउँछन् । हाल उनी जुम पश्चिम सिक्किमको एउटा गैरसरकारी स्कुलमा विज्ञान र गणित विषयका शिक्षकका रूपमा कार्यरत छन् । रोदनको ‘समय स्ट्रोक्स’ कविता संग्रह प्रकाशित छ । नेपाली र हिन्दी दुवै भाषामा कविताहरू लेख्छन् । हाल सामाजिक सञ्जालमा ‘पोस्टरकविता’ नाउँद्वारा कविहरूका छोटा छोटा कविता पाठकहरूसम्म पुर्Þयाउने काम साथै किताब कुटीर पेज चलाएर पठन संस्कृतिलाई फस्टाउनमा लागिपरेका छन् । पछिल्लो समय ‘साहित्यपोस्ट’ सिक्किमको दैनिकको सम्पादक नियुक्त भएर नेपाली साहित्यको निरन्तर सेवामा समर्पित छन् । नयाँ अनलाइनको उनै कवि रवि रोदनसँग पोष्टर कविता तथा सीमाना पारि नेपाली भाषाको अवस्थाबारे गरिएको कुराकानीको सार अंश आजको नयाँ साहित्यको नयाँ भेटमा ।

दिनचर्या के कसरी बिताउदै हुनुहुन्छ ?
लकडाउन छँदा पोस्टर कविता र अन्य किताब पठन र किताबकै काम (काव्य प्रकाशन चलाउँछु) गर्दै थिएँ, तर अब यता लामो लकडाउनपछि सिक्किममा स्कुल खुल्यो, शिक्षण पेशामा छु, स्कुलमा दिनभरि विद्यार्थी पढाएर, बेलुकी आएपछि त्यही कामहरूमा लागिपर्छु ।

तपाईले सञ्चालन गर्नु भएको पोस्टरकविता अभियान कस्तो अभियान हो ?
पोस्टर कविता अभियान पोस्टरकविताको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो। असाधरण पाठकलाई (कविता पढ्दै नपढ्नेलाई)पनि पोस्टरमार्फत कविता पठनतिर खिच्ने हो।

पोस्टरकविताको अभियान सन्चालन गर्न कहाँबाट प्रेरित हुनु भो ?
हिन्दी साहित्यमा रुचि भएकोले हिन्दी कविताहरू पनि पढ्ने र लेख्ने गर्छु, केही उम्दा हिन्दी कविहरूको संसर्गमा आएपछि उनीहरूका पोस्टर कविता पढे ती कविताहरू छोटो तर पोस्टरसहित प्रस्तुत गरिन्दा कविताको प्रबल शक्ति देखे र त्यसलाई यता नेपाली साहित्यमा पनि चित्र÷ रेखांकन मार्फत प्रस्तुत गर्न सके कवितालाई पाठक अघि अझ चाखलाग्दो र सम्प्रेषणिय बनाउन सक्ने बुझे र त्यसबाट प्रेरित भएर यो थाले।

हालसम्म यस पोस्टर कवितामा लगभग कति जनाको कविता छापिए होला ?
हजुरले भने जस्तै यो अभियान आम सर्जकहरूले असाध्यै रुचाइएको अभियान हो । यो पोष्टरकवितामा हालसम्म झण्डै ७०० जनाभन्दा बढीको हाराहारीमा कविहरूको कविता छापियो होला ।

अन्य कविता लेखन र यस कविता लेखनमा फरक के छ ?
पारम्परिक कविता लेखनबाट केही छुट्टै, विचलन कविता अर्थात छोटोमा धेरै भन्ने र चित्रांकनबाट पाठकलाई सचेत गराउने पहल हो पोस्टरकविता । अन्य लामा लामा कविताहरू लेखिदैछ र त्यहाँ कन्टेन्ट अनुसार त्यसमाथि कविले काम गर्दैछन् तर कहिलेकाहिँ लामा कविताहरू पाठकलाई पट्यार लाग्ने पनि भएको छ । छोटोमा आफ्नो अभिव्यक्ति राख्ने एउटा बाटो पोस्टरकविताले बनाउन चाहेको छ ।

अभियन्ता भएर एउटा अभियान चलाउनु के कस्ता कठिनाईहरू छन् ?
कठनाईहरू त छन् । कहिले झिझेत लाग्छ । यो अभियान किन थालिएछ भन्ने समेत हुन्छ । कविताका पाठक धैर भएकोले यसबाट उम्किन पाइएन । कहिलेकाहिँ तालमेल मिल्नु गाह्रो पनि हुन्छ, सबलाई खुशी पार्न सकिँदैन पनि । कविहरू कविता छपाईदिन ढिप्पी गर्छन वा किन छापिएन भनेर कचकच गर्छन् । पोस्टरकविताले अनुज, अग्रज सबैलाई मिलाएर राम्रो र उत्कृष्ट कविता गर्नेलाई स्पेश दिँदै आउँदैछ, यसमा कुनै सम्झौता हुनेछैन ।

तपाइँ भुगोलको हिसाबले अन्तरदेशीय नेपाली भाषी हुनुहुन्छ, नेपाली भाषा र साहित्यमा के कस्ता अन्तरहरू पाउनुहुन्छ ?
म भारतीय नेपाली हुँ, यता र उताका लगभग सबै कुरा एकै छन्, भुगोलले छुटाए पनि । नेपाली भाषाले यता भारतको संविधानमा मान्यता पाएपछिको समयलाई हेर्दा भाषाको विकासमा धेरै काम भएको छ । साहित्य निकै फस्टाएर गएको छ । तर नेपालमा सर्जकले पाउने पाठकहरू यताका सर्जकले पाउन सकेका छैन । किताबहरू धेरै निस्के पनि, किताबको बजार फिका छ । तर हाल पठन संस्कृतिलाई लिएर यताका युवाहरू सचेत भएका छन् र ती सब देख्दा यताको साहित्य पनि नेपालतिर लेखिने साहित्य जस्तै फस्टाएर जाने कुरामा विस्वास लागेको छ ।

त्यतातिरको नेपालीभाषीहरूको नेपाली साहित्यमा के कस्तो लगाव पाउनु हुन्छ ?
अहिले यताका नेपालीभाषीहरू आफ्नो भाषालाई लिएर सिरियस देखिएका छन् । नेपाली साहित्यमा लगाव त छ तर त्यो निस्तेज छ । बिस्तारै बिस्तारै यसको संख्या बढ्दै जाने हो। साहित्य भनेपछि यसमा लगाव कमै देखाउँछन्, तर जोहरू देखाउँछन् उनीहरूबाट प्रेरित भने भएका छन् ।

अन्त्यमा, कुनै त्यस्ता योजनाहरू ?
म मेरा आफ्नै दुवै कृतिहरूमाथि लगभग ३ वर्षदेखि काम गर्दैछु । एउटा कवितासङ्ग्रह र अर्को गैर आख्यान छ । यो वर्षभित्र निकाल्ने योजना छ ।

प्रस्तुतिः प्रकाश दिप्साली

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

गहुँको छ्वालीमा चित्र बनाउने कोशिष गरिरहेको छु –रामकुमार तिवारी

रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको...

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी गजलकार/गीतकार वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला...

नयाँ भेट:मेरो पहिचान भन्नु नै साहित्य हो -लक्ष्मण कटुवाल गजलकार/पत्रकार

बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३...

जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने लेखनमा निकै चाखलाग्दो हुँदो रैछ -सन्तोष थेबे

नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा...

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन कवि/अभियान्ता, सिक्किम कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन ।...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...