पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न - Naya Online

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक” वर्ष १६ अङ्क १६ साथै कवि भीम विरही राईद्वारा लिखित “बारुदले कोरेका अक्षरहरू” कविता सङ्ग्रह होटल रत्न इन धरानमा लोकार्पण भएको छ ।

प्रा.डा. टङ्कप्रसाद न्यौपाने प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार, समाजसेवी तथा सिक्किम सरकारका प्रवक्ता सि.पी. शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा विशिष्ट अतिथि रहेका थियो ।

कार्यक्रममा भीमबहादुर स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको पुरस्कार र सम्मान पनि समर्पण गरिएको थियो । पुरस्कार तर्फ अमेरिकामा रहेर नेपाली भाषा साहित्यको सेवा गरिरहेका लेखक साहित्यकार तथा गीतकार डा. नारद पोखरेललाई कीर्तिशेष भीमबहादुर लिम्बुको धर्मपत्नी देशमाया लिम्बु, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको हातबाट संयुक्त रुपमा प्रदान गरियो । त्यसैगरी सम्मान तर्फ वरिष्ठ साहित्यकार तथा सिक्किम सरकारका प्रवक्ता सि.पी. शर्माज्यूलाई भीमबहादुर स्मृति सम्मान २०८२ ले विभूषित गरिएको थियो ।

लोकार्पण भएको पुस्तक परदेशी बिम्बहरूमाथि चर्चित कवि तथा लेखक सुदीप पाख्रिन बोलेका थिए भने बारुदले कोरेका अक्षरहरू कविता सङ्ग्रहमाथि कवि समिक्षक देवान किरातीले बोल्नु भएको थियो ।

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा प्रा.डा. भीम खतिवडा, सि.पी. शर्मा, प्रा.डा. टङ्कप्रसाद न्यौपाने आदिको महत्वपूर्ण मन्तव्य रहेको थियो ।

कार्यक्रममा कवि वर्षा भण्डारी, कवि टीका आत्रेय, कवि तीर्थ विश्वकर्मा, कवि जमा वाम्बुले राई लिम्बु, कवि आइतु ग्याबा तामाङ, कवि जेबी निकुन्त, सिक्किमका कवि गणेश भट्टराई, कवि विश्वजीत चाम्लिङ्ग आदिले कविता वाचन गरेका थिए ।

समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व रहेको उक्त कार्यक्रममा उपाध्यक्ष भीम विरही राईको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमलाई सचिव बुद्धी तेम्बे माइलाले सञ्चालन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...