नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’ - Naya Online

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत छन् । निजामती कर्मचारी भएर नि कलम कर्ममा उत्तिकै सक्रिय रहनु उनको विशेष्ता हो । राई हाल राष्ट्रिय योजना आयोगमा योजना अधिकृतको रुपमा कार्यरत छन् । २०३३ साल भदौ २० गते मोरङको बबिया बिर्तामा जन्मेका राईको ‘एक सगर, दुई तारा’ गीत सङ्ग्रह, (२०६४) ‘मोनालिसा र मार्च ८’ कविता सङ्ग्रह, (२०६८) प्रकाशित छन् । राई अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा २०६७ प्रथम पुरस्कार प्राप्त गर्न सफल भएका छन् भने २०६८ सालमा नेपाली साहित्यमा पु¥याएको योगदानका लागि, “रवि साहित्य महोत्सव, पाँचथर सम्मान” समेत प्राप्त गरेका छन् । उनको ‘मोनालिसा र मार्च ८’, ‘सोल्टिनी शहर’, ‘बाराक ओबामा’ लगायतका कविताहरू लोकप्रिय छन् । आजको नयाँ भेटमा उनै कवि उमेश अकिञ्चन राईसँग गरिएको भलाकुसारीको सार अंश ।

दिनचर्या के कसरी बिताउँदै हुनुहुन्छ ?
म त एक निजामती कर्मचारी पनि भएकोले, १०–५ कार्यालयमा नै समय दिन्छु । बाँकी समय अध्ययनमा लगाउँछु ।

दसैँ कस्तो भयो, के कस्ता सिर्जनशील काम गर्नु भो ?
अहो ! दसैँको समय बिरामी भएर सुतियो । म स्वास्थ्य, खानपिनमा ख्याल गर्ने नै गर्छु । तर, अचानक रूघाखोकीले सतायो । कोभिड सुरू भएपछि, रूघा लागेको पनि थिएन । कोभिड नै लाग्यो कि भनेर, पिसिआर पनि टेस्ट गरेँ । नेगेटिभ आयो । त्यसै कारण दसैँको विदालाई अपेक्षित सिर्जनात्मक बनाउन सकिन । यद्यपि रञ्जित रेको काठमाडौँ डिलेमा, विश्वभर प्याकुरेलको आत्मकथा चाहि पढेँ ।

पछिल्लो समयमा हजुरको कविता अलि कम देखिन्छ, कविता लेखन अलि पातलिएको हो ?
कविता लेखन आफैँमा फारो विधा हो भन्ने म मान्छु । थोरै तर निरन्तर लेखन मेरो दर्शन हो । यसमा म सन्तुष्ट छु । जहाँसम्म लेखन पातलिएको कुरा छ, त्यस्तो होइन । म त कविता लेखिनै रहेछु । नयाँ सङ्ग्रहमा ताजा कविता रहोस् भनेर केही कविता सार्वजनिक नगरेको हुँ ।

अहिलेको कविता लेखनको मुद्दाहरू के कस्तो लागिरहेको छ ?
मानिस रहेसम्म कविता रहन्छ । कविता रहेसम्म मुद्दा रहन्छ भन्ने मलाई लाग्छ । विगतका सनेट, रोमान्टिसिस्टका कुरा गरौं या पोस्ट स्ट्रकचरका । नेपाली कवितामा त्यस्तै हो । राजनीतिक, सामाजिक मुद्दा बढि नै उठान गरेको छ । अब समृद्धि र वातावरण तर्फ केन्द्रित हुनुपर्ने देख्छु म ।

हामीबाट लेखिनु पर्ने विषयवस्तुहरू सब आइसक्यो या बाँकी छन् जस्तो लाग्छ ?, छ भने के के छन् ?
म्याक्सिम गोर्कीले संसारमा एउटा मात्र कथा छ तर कथन शैली फरक छ भनेर भन्नु भएको छ । हाम्रा साहित्य त्योभन्दा भिन्न छैन । मान्छे, समाज, प्रकृतिभन्दा साहित्य भिन्न हुनै सक्दैन । यी त युगौदेखि अनवरत छन् । हो, हामीले नयाँपन दिने भनेको शिल्पमा हो, प्रस्तुतिमा हो । विषयहरू त पुरानै हुन् तर, कविताको सामथ्र्य हरेक पुराना विषयलाई नयाँ बनाइदिन सक्ने हो ।

कविता किन र केका लागि लेख्ने ?
कविता, ताजापन अनुभूत गर्न लेख्ने हो । कविता, आफूलाई अभिव्यक्त गर्न लेख्ने हो । शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ । यो भन्दा धेरै कारणका लागि कविता लेखिन्छ जस्तो लाग्दैन ।

तपाईँले कविता लेखेर के पाउनु भो, के गुमाउनु भो ?
पाउन धेरै पाएँ । कविता प्रेमीहरूको माया निरन्तर पाएको छु । साहित्यमा जे पहिचान छ, कविताकै कारणले कमाएको हुँ । आर्थिक कुरा नै गर्ने हो भने वर्षाैं अघि धेरै ठूलो धनराशिको कविता प्रतियोगिता पनि जितेको थिएँ । गुमाएको कुरा केही छैन ।

यदि कविता नलेखेको भए उमेश अकिञ्चन राई कुन सिर्जनशील क्षेत्रमा रमाउथ्यो होला ?
कविता नलेखेको भए सायद आख्यानमा बढि ध्यान दिइन्थ्यो कि । आख्यान पनि काव्यिक किसिमको जस्तो पारिजातको ‘शिरिषको फूल’, हान काङको ‘द भेजिटरिएन’ जस्ता ।

अन्त्यमा, कुनै त्यस्ता नयाँ योजनाहरू ?
नयाँ कविता सङ्ग्रहको तयारीमा छु । तर, प्रकाशनका लागि केही वर्ष लाग्नेछ ।

कवि उमेश अकिन्चन राईको एउटा कविताः

सोल्टिनी शहर

यो गाउँको
पुरानो गल्ली

तिम्रो सिउँदोको
टर्च बालेर
पुगँु भन्थे
उमंगको अन्तरिक्ष

यो अरूणमाथि
ओच्छयान लगाउने घाम
निदाइरहेछ सधैँ झैँ
तितेपाती डाँडाको
सिरानी हालेर

यो एक लासको गाउँमा
कालो अक्षरको खेती
चक भैmँ खिइँदै जाने
उमेरको मम्बत्ति सलेदो
भूगोल पढाउने सरको
पुरानो चश्मामा
पृथ्वी गोलो छ
कि ?
बदलियो परिभाषा

गोलो पृथ्वीमा
कहाँनिर बाङ्गिए
इ.सि.जी. जस्ता
आफन्त पाइतालाहरू
एउटा अनुतरित्त प्रश्न आइरहन्छ
आँखाको मोनिटरमा
बनेर दुलर्भ तस्बिर

कालो सुँगुरको पाठोलाई
चारो हालेर
ताराहरू गनेको
त्यो जुनेली रात
थुन्सेमा बोकेको सेलरोटी
कठुवामा बोकेको जाँड भैmँ
मिठा संयुक्त सपनाहरू

पुरानो भएछ सायद
सम्बन्धको किताब
तिम्रो ठुलो आँखाको
गाजल झैँ गाढा आत्मियता

कर्कलाको पातमा लेखिएजस्तो
मान्छेको निरीह भाग्य
कुनै इलेक्ट्रोनिक मेसिनबाट
झरेका हरिया नोटभन्दा
सस्तो भएछ
गाउँले आँसु

यता मलाई
जिस्काएर गएजस्तो लाग्छ
सधैँ बहने
हावा
ढोल र झ्याम्टामा
नाचेको साकेवा सिली

मरूभूमिमा
हिडिरहेको उँट सरह
घ्रिसिरहेछु गाउँको धुलो बाटो
सोच्दै
नङको नीबले लेख्छु भन्थ्यौ
हाम्रो
प्रेमको रक्तिम इतिहास
कुन पराई मिनिक्युरमा
कैदी भए
तिम्रा मायाका नेलपोलिसहरू

जब तिमीले टेक्यौ
ममाथि
निर्दयी पाइला
मेरा सारा सपनाहरू
पुत्ला भएर जले
त्यही धुवाँमाथि
उडेर गयौ तिमी
सपनाको समुद्र शहर


आजसम्म
पुत्ला जलेको
कालो बाटो
सुनसान सुनसान हिडिरहेछु
गमेर
कुन चुम्बकजस्तो
पाइला टेकेर पुगिन्छ
सोल्टिनी शहर ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

गहुँको छ्वालीमा चित्र बनाउने कोशिष गरिरहेको छु –रामकुमार तिवारी

रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको...

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी गजलकार/गीतकार वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला...

नयाँ भेट:मेरो पहिचान भन्नु नै साहित्य हो -लक्ष्मण कटुवाल गजलकार/पत्रकार

बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३...

जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने लेखनमा निकै चाखलाग्दो हुँदो रैछ -सन्तोष थेबे

नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा...

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन कवि/अभियान्ता, सिक्किम कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन ।...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...