“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ” - Naya Online

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य पदाधिकारीहरूमा उम्मेद्वारी दिने भन्दै घरदैलो गर्न थालिसकेका छन् । यसैक्रममा जनता समाजवादी पार्टीका तर्फबाट उपमेयरमा बिमला अर्यालले दाबी गरेकी छिन् । सामाजिक कार्यमा सक्रिय, जनताका घरघर पुगेर परेको समस्यालाई सकेसम्म सहयोग गरेको र समयसमयमा न्यानो कपडा र कम्बल वितरण गर्दै जनताका घरदैलो पुगेकी अर्याल समृद्धि नेपालको संस्थापक अध्यक्ष पनि हुन् । त्यो संस्थाबाट धेरै महिलाहरूलाई आत्मानिर्भर पनि बनाएको दाबी गर्ने अर्याल पार्टीको प्रदेश नं. १ कमिटी सदस्य, समाजवादी महिला संघको केन्द्रीय सदस्य र प्रदेश नं. एकको मुख्य सचिव छिन् । अर्यालसँग नयाँअनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

उपमेयरमा तपाईको उम्मेद्वारी किन ?
मैले उपमेयरमा उम्मेद्वारी दिनको लागि केही वुँदा अगाडि सारेकी छु । जस्तै; महिलाको अग्रसरता, महिला र पुरुषबिचको असमानतालाई अन्त्य गर्न र न्याय समानता, समान सहभागिता कायम गर्नको लागि उम्मेद्वारी दिन खोजेकी हुँ । सिंहदरबार जनताको घरदैलोमा पुगेको आभास दिन र राज्यको श्रोत, साधन, सुविधा विकेन्द्रीकृत भएपश्चात जनतालाई सजिलो महसुश गराउन मैले उम्मेद्वारी दिन चाहेको हो । अन्याय, अत्याचार, हत्या, महिला हिंसा, बलत्कारजस्ता जघन्य अपराधको अन्त्य गर्न र अपराधीलाई उन्मुक्ति नदिनका लागि प्रहरी प्रशासन, बुध्दिजिवी, नागरिक समाज संघ संस्था र विभिन्न राजनैतिक दलहरुसँगको साथ र सहयोगमा विराटनगरबासीले यस्ता अपराधिक घटनाप्रति पिल्सिनु नपरोस पीडा मुक्त हुनका लागि मेरो उम्मेद्वारी हो ।

जनता समाजवादी पार्टीबाट विराटनगरका लागि उमेश यादव मेयरको लागि भनेर घरदैलो गरिरहेका छन् । तपाई उपमेयरको चाहना गरिहनुभएको छ, तर किन छुट्टाछुट्टै ?
जहाँसम्म लाग्छ, उमेशजीले आन्तरिक तरिकाले उम्मेद्वारको तयारी गर्नुभएर अगाडि बढ्नुभएको हो । यस अघि पनि यस महानगरपालिकामा उम्मेद्वार रहिसक्नुभएकोले यसपटक उहाँको दावी पर्नु स्वभाविक हो । म पनि आफ्नो आन्तरिक तरिकाले लागिरहेकी छु । पार्टीले औपचारिक रूपमा निर्णय लिएको छ । पार्टीले उम्मेदवारको तय गरेपछि हाम्रो सामुहिक घरदैलो कार्यक्रम हुनेछ । गत चुनावमा झिनो मतान्तरले पराजय भएका कारणले पनि उमेश यादव निक्कै सक्रिय हुनुहुन्छ ।

जनताले तपाईलाई किन जिताउने ?
ऐतिहासिक विराटराजाको नगरी विराटनगरको ऐतिहासिक पहिचानका साथै परम्परागत मौलिक जाति, भेषभुषा, रहनसहन, संस्कृतिलाई निरन्तरता दिँदै प्रविधिको उपयुक्त समिश्रणद्वारा मौलिक र आधुनिक विकासको फ्यूजन गरी उक्त विकासको अवधारणा कार्यान्वयन गराउन जनताले मलाई जिताउन सक्ने आधारहरू हुन् ।

भौतिक पूर्वाधारले मात्र विराटनगरको विकास सम्पन्न हुन्छजस्तो मलाई लाग्दैन । विकासको अर्को पाटो शिक्षा चेतना, हकअधिकारको सुनिश्चितता, सबै वर्गको, सबै तहतप्कामा सरलसँग पहुँच, धार्मिक सहिष्णुता, महिला हिंसा, जातीय विभेदको अन्त्य आदिका लागि स्थानीय स्तरमा प्रर्याप्त संघसंस्थासँग Public Private Partnership (PPP) मोडलद्वारा दिगो विकासको अवधारणा ल्याई समृद्ध, समुन्नत आत्मानिर्भर विराटनगरको परिकल्पना गरेकी छु ।

कहिले शिक्षक सम्मान,कहिले कपडा बितरण कहिले राहत वितरण, कहिले विद्यार्थीलाई कापी कलम वितरण गरेर समाजसेवामा सक्रिय छु ।

योजनाभन्दा पार्टी र व्यक्ति जनताले हेरेको पाइन्छ, अघिल्ला चुनावका अभ्यास हेर्दा ?
म कुनै संभ्रान्त परिवारकी व्यक्ति हैन । मसँग हरेक सुख र दुःखलाई आत्मासात गर्दै भोगेका अनुभवहरू छन् । हरेक जनताको झुपडीभित्रको दुःखमर्म, अभाव र समस्या बुझेको जीवन छ म सँग ।
दुःखमा झरेको आँशु र सुखमा हाँसेको हाँसोको मिलनमा जोडिएको भोगाईको जीवन छ म सँग । हाम्रो घरबार, समाज र राष्ट्र परिवर्तन गर्ने भनेकै राजनीतिक नेतृत्वले नै हो । तर नेतृत्व जनताप्रति इमान्दार, राष्ट्रप्रति वफादार, असल, कुशल र जनभावना बुझ्नसक्ने हुनुपर्छ । अब जनताले कस्तो प्रतिनिधि रोज्ने, जनताकै हातमा । त्यसैले राजनीतिक, सामाजिक, आर्थिक तथा राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता भएन भने देशको विकास हुन सक्दैन । त्यसैले पक्कै पनि मलाई विश्वा छ, यो पटक विराटनगरका जनताले मलाई भोट दिनुहुनेछ । उपमेयरले न्यायिक फाँट हेर्नुपर्ने हुँदा विराटनगरका जनताले अन्याय सहनु नपरोस्, प्रहरी प्रशासन, बुद्धिजीबि नागरिक समाज र आम नागरिक सम्पूर्ण राजनैतिक दलको साथ सहयोगमा भयरहित र हिंसारहित समाजको निर्माण गर्न मेरो निरन्तर प्रयास जारी रहनेछ ।

जनता समाजवादी पार्टीलाई नै भोट किन ?
नेपालमा वर्षौदेखि जरा गाडेर बसेको जातीय, धार्मिक, लैङ्गिक, भौगोलिकजस्ता विभेदको अन्त्य गर्न, भ्रष्टाचारमुक्त, सदाचारयुक्त समाजको निर्माण गरी देशलाई सम्वृद्ध बनाउन पार्टीले अङ्गालेको कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र प्राप्त उपलब्धि, अधिकारहरूको रक्षा गर्दै धर्मनिरपेक्ष, समृद्ध गणतन्त्रात्मक, विभेदरहित राज्य व्यवस्था स्थापित गर्ने भएकाले आम नगरबासीले जसपालाई भोट हाल्नुहुनेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?
राजनीतिलाई मैले विशुद्ध सेवाको भावना लिएकी छु । जनसमुदायले यसपल्ट मदिरा र सामान्य खर्च दिँदा आफ्नो अमुल्य मत खेर फाल्नुहुने छैन । जनताको एकएक मत आफ्नै भविष्यसँग जोडिएको हुन्छ । त्यसैले मत बेच्ने वस्तु होइन भन्न चाहन्छु । भावी सन्ततीको लागि मत दान गर्ने सोच राख्नुहुनेछ । छाता चुनाव चिन्हमा मतदान गरी अत्यधिक बहुमतले जनता समाजवादीलाई जिताउनुहुने छ भन्ने विश्वास लिएकी छु । आउने बजेट बिना भ्रष्टाचार, शतप्रतिशत विकास निर्माण र सामाजिक सेवामा लगाउने प्रण गरेकी छु ।

जनता समाजवादी पार्टी हाम्रो जीवन सहजताको लागि हो । ताकि गलत व्यक्तिलाई जिताएर उसको खल्ती भर्नका लागि होइन । त्यसैले जसपाको विकल्प अरु छैन भन्ने कुरालाई दोहो¥याउँदछु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

गहुँको छ्वालीमा चित्र बनाउने कोशिष गरिरहेको छु –रामकुमार तिवारी

रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको...

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी गजलकार/गीतकार वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला...

नयाँ भेट:मेरो पहिचान भन्नु नै साहित्य हो -लक्ष्मण कटुवाल गजलकार/पत्रकार

बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३...

जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने लेखनमा निकै चाखलाग्दो हुँदो रैछ -सन्तोष थेबे

नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा...

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन कवि/अभियान्ता, सिक्किम कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन ।...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...