एकतीस वर्षपछि जिल्ला अदालतको फैसला कार्यान्वयन - Naya Online

एकतीस वर्षपछि जिल्ला अदालतको फैसला कार्यान्वयन

जाजरकोट, २५ जेठ । जिल्ला अदालतको फैसला ३१ वर्षपछि कार्यान्वयन भएको छ ।

अदालतको तीन दशकअघिको फैसलाका दोषीलाई पक्राउ गरी तोकिएको कैद सजाय दिन थालेपछि कार्यान्वयन भएको हो ।

जिल्ला अदालतले २०४१ साल माघ २३ गते गरेको फैसलाका दोषी भेरीमालिका नगरपालिका–२ डिङ्गाका टेकबहादुर थापालाई यही जेठ २१ गते पक्राउ गरी कैद सजायमा ल्याइएको जिल्ला अदालतले जनाएको छ । दोषी थापालाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक महेशप्रसाद पन्त र नरबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

साबिक खलङ्गा–३ काजीवाराका तप्तबहादुर कार्कीले २०३० साल माघ १३ गते टेकबहादुर थापाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराएकामा २०४१ साल माघ २३ गते फैसला भएको थियो ।

तत्कालीन न्याय प्रणालीमा भएको व्यवस्थाअनुसार झन्डै ११ वर्षपछि फैसला भएको जिल्ला अदालतले जनाएको छ । दोषी थापाले तत्कालीन अदालतको फैसलाअनुसार १० वर्षको कैद सजाय भोग्नुपर्ने अदालतले जनाएको छ । थापाले २०८३ साल जेठ २० गते सम्म कैद सजाय भोग्नुपर्ने अदालतको भनाइ छ । विसं २०३९ मा ४२ वर्षीय टेकबहादुर थापा हाल ७६ पुगेका छन् ।

त्यसैगरी जिल्ला अदालतको आदेशले विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भएका तर कैद तथा जरिवाना भुक्तानी नगरी हालसम्म फरार रहेका २० अभियुक्तलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गराउन जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...