सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न - Naya Online

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित सिरीजंघा पर्यटन महोत्सव २ं०८२ भव्य रूपमा सम्पन्न भएको छ ।

महोत्सवको प्रमुख आर्कषणको रूपमा समुद्र सतहबाट ३३ सय ७ मिटरको उचाइमा रहेको कञ्चनजंघा साहसिक पदमार्गको नयाँ झोरनीमा आयोजित कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सोलुखम्बुका अर्जुन कुलुङ प्रथम, जुम्लाका धीरज बुढा द्धितिय र ताप्लेजुङका विभिषण लिम्बूले तेस्रो स्थान हासिल गर्न सफल भए ।

विजेता कुलुङलाई २ लाख ८ हजार ५ सय ८६ रूपैयाँ, उपविजेता बुढालाई १ लाख ८ हजार ५ सय ८६ रूपैयाँ र तेस्रो हुने लिम्बूलाई ५८ हजार ५ सय ८६ रूपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र ट्रफीसहित प्रदान गरिएको थियो ।

हाफ म्याराथनमा चौथोदेखि उत्कृष्ठ दसभित्र पर्न सफल धावकहरुले सान्त्वना पुरस्कारस्वरूप ८ हजार ५ सय ८६ रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशमा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम, नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, नेकपा एमाले ताप्लेजुङ जिल्ला सचिव सन्तोष चाम्लिङ, सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा. चित्र मावो, प्रमुख प्रशासकिय अधिकृत डम्बरबहादुर आङदेम्बेसहित स्थानीय जनप्रतिनिधिहरुले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सिरीजंघा गाउँपालिकाकै वडा नंं. ८ मा पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कञ्चनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि नगद पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव सचिवालय समितिका संयोजक डा. चित्र मावोले जानकारी दिए ।

महोत्सवको अन्तीम दिन चौरी प्रवद्र्धन तथा प्रर्दशन कार्यक्रममा स्थानीय राजेश गुरुङको चौरी “मिक्टा”लाई उत्कृष्ठ चौरीका रूपमा २८ हजार ५ सय ८६ रूपैयाँसहित पुरस्कृत गरिएको थियो भने अन्य ३ जना किसानका चौरीलाई सान्त्वना पुरस्कारस्वरूप जनही ८ हजार ५ सय ८६ रूपैयाँ नगद पुरस्कारसहित सम्मानीत गरिएको थियो ।

कवि तथा कलाकारको साथमा सांस्कृतिक साँझ
कार्यक्रमको अन्तिम दिन सांस्कृतिक साँझ भएको थियो । चर्चित गायक तथा संगीतकार ताराप्रकाश लिम्बू, गायकहरु भीम लिम्बू, गोविन्द लिम्बू र प्रीति वेघाले आफ्ना चर्चित गीतहरु गाएर कार्यक्रमलाई मनोरञ्जन तुल्याएका थिए । त्यसैगरी कविहरु नवराज पराजुली, प्रकाश थाम्सुहाङ र देवेन्द्र खापुङले सांस्कृतिक साँझमा आफ्ना रचना सुनाएका थिए ।

गत वैशाख १३ देखि १५ गतेसम्म पहिलो पटक आयोजना गरिएको सिरीजंघा पर्यटन महोत्सवलाई आगामी बर्षमा पनि निरन्तरता दिने गाउँपलिकाले निर्णय गरेको अध्यक्ष लालकृष्ण चौहानले जानकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

ललितपुर । चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...