लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार - Naya Online

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ को लोबुचे हिमाल र कालापत्थर क्षेत्रबाट प्रचार गर्दै सहभागिताका लागि आव्हान गरिएको छ ।

समुन्द्र सतहबाट ६ हजार १ सय १९ मिटरको उचाईमा रहेको लोबुचे हिमालबाट सिरीजंघा पर्यटन महोत्सव २०८२ लेखिएको व्यानर प्रर्दशन गर्दै आरोही अमीर राईले भनेका छन्, “कंचनक्षेत्रमा आगामी बैशाख १३ देखि १५ गतेसम्म हुने सिरीजंघा पर्यटन महोत्सवमा हामी हार्दिक स्वागत तथा आमन्तण गर्न चाहन्छौं ।” यसअघि अमिर राईसंगै मनोज वस्नेतले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको रुपमा रहेको कालापत्थर क्षेत्रबाट पनि उक्त महोत्सवको प्रचार गर्दै सिरीजंघा पर्यटन महोत्सवमा सहभागिताका लागि आव्हान गरेका थिए । कालापत्थर क्षेत्र ५ हजार २ सय ४२ मिटरको उचाईमा अवस्थित छ ।
विश्वको तेस्रो सर्वोच्च शिखर कंचनजंघा हिमश्रृखला अवलोकन गर्दै कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा आयोजना हुने सिरीजंघा पर्यटन महोत्सवअन्तर्गत कंचनजंघा साहसिक पदमार्ग अवलोकन, जलवायु परिवर्तनको स्थलगत अध्ययन, कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता २०८२, चौरी, याक प्रवर्द्धन तथा प्रदर्शन, माउण्टेन साइकिलिङ, कला, साहित्य तथा संगीत कार्यक्रमहरु आयोजना हुनेछन् ।

२०८२ साल बैशाख १५ गते हुने हाफ म्याराथनका लागि समुन्द्र सतहबाट ३३ सय मिटरको उचाइमा अवस्थित नयाँ झोरनीबाट ४३०० मिटरको उचाइमा रहेको कस्तुरे ओडारसम्मको दूरी रहनेछ भने सहभागिताका लागि इच्छुक धावकहरुले बैशाख १३ गते दिउँसो १ बजेसम्म आफ्नो निवेदन सम्पर्क व्यक्तिहरु वा पालिकाको इमेलमा पठाइसक्नुपर्ने आयोजकले बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । कांग्रेस...

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न साहित्यिक संस्था सक्रिय

काठमाडौँ, २३ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५ गते आयोजना गर्न लागेको ३८...

गजल: बिमल खेवाछाली सुलभ

अति उत्तम बिचार तिम्रो, मान्छे मन परिसक्यो, कस्तो सुन्दर संस्कार तिम्रो, मान्छे मन परिसक्यो...

फेरि भेटौला कार्यक्रममा गाउपालिकाका दुई कर्मचारीको बिदाई

-पदम सुखी सम्बाहाम्फे कुम्मायक, ११ फागुन । कुम्मायक गाउपालिकाको कार्यलय प्रमुख प्रशासकीय अधिकृत गणेश...

ज्योति माविमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ हुने

मकवानपुर, ३ पुस । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं...

नोगेन लिम्बुको लिम्बु भाषाको जागृतिमुलक गीत सार्वजनिक

काठमाडौ, १८ मङ्सिरलिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार ...

शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा

खोटाङ, ९ मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको खोटाङ यात्राको...

यात्रा संस्मरण: माइली !

यात्रा, यात्रा भन्ने वित्तिकै कति मन तरङ्गित अनि रोमान्चित हुन्छ है ? कहिले विशेष...