आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल - Naya Online

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने भएको छ । पार्टीको तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

देशमा भ्रष्टाचार, बेथिति, अराजकता, कुशासन बढेको निष्कर्षसहित त्यसविरुद्ध पार्टीले सदन र सडकमार्फत खबरदारी गर्ने जसपा नेपालले सङ्घीयता, गणतन्त्रलगायत उपलब्धि रक्षार्थ आन्दोलनको विकल्प नरहेको जनाएको छ । संविधान पुनर्लेखन, संशोधान वा परिमार्जन गर्नुपर्ने अडान राख्दै आएको जसपा नेपालले स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र गठन बारे समेत जोड दिएको छ ।

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष उपेन्द्र यादवले पार्टीले छिट्टै तीन वटा राजमार्ग केन्द्रित जन जागरण अभियान सञ्चालन गर्नेसमेत जानकारी दिए । ‘अब कम्तिमा एक महिनाका दरले मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम लोकमार्ग र हुलाकी मार्ग लक्षित अभियान सञ्चालन गर्ने हो’, अध्यक्ष यादवले भने ।

पार्टीको मजबुदीकरणका निम्ति जनवर्गीय संगठनहरुलाई गतिशील बनाउन जरुरी रहेको धारणा राख्दै यादवले विद्यार्थी, युवा, महिला, ट्रेड युनियनलगायत जवसले नै पार्टी विस्तारमा भूमिका खेल्ने बताए । जसपा नेपालले आसन्न स्ववियू निर्वाचन लक्षित ११ सदस्यीय केन्द्रीय टाक्स फोर्स महासचिव रामकुमार शर्माको संयोजकत्वमा गठन गरेको छ । यसले आउँदो चौत ५ गते हुने स्ववियू निर्वाचनमा पार्टी निकट समाजवादी विद्यार्थी युनियनबाट उम्मेदवारी दिएका उम्मेदवार विजयी गराउन सहयोग गर्नेछ । जसपा नेपालको बैठकले सबै जिल्लामा ट्रेड युनियन सम्बन्धी अलगै निकाय गठन गर्नुपर्ने निर्देश गरेको छ ।

स्थानीय तहहरुमा विकासको प्रभावकारितालाई जोड दिने भन्दै जसपा नेपालले आफ्ना उम्मेदवार निर्वाचिन भएका स्थानीय तहमा विकास निर्माणका कार्यमा तिव्रता दिने र अन्य स्थानीय तहहरुमा विकास कार्यका लागि दवाव दिने जनाएको छ ।

पार्टी मातहतका समितिहरुको अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने र जनवर्गी संगठनहरुलाई पनि तोकिएकै मितिमा अधिवेशन गराउने भन्दै जसपा नेपालले पार्टीका केन्द्रीय सदस्यहरुलाई थप क्रियाशील हुन भनेको छ ।

पार्टी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्दै जसपा नेपालले भूमि सम्बन्धी सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने, सरकारलाई दिएको समर्थन बारे संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिले आवश्यकताका आधारमा निर्णय गर्ने गरि पारित गरेको छ ।
त्यस्तै, प्रदेश नम्बर १ मा जारी नो केबलकार आन्दोलन र नो कोशी आन्दोलनका क्रममा राज्यका तर्फबाट गिरफतार गरिएका सबै राजवन्दी रिहाईका लागि मा गर्दै जसपा नेपालले यी दुवै आन्दोलनमा सक्रियताका साथ सहभागी हुने निर्णय गरेको हो ।

तीन दिनसम्म चलेको जसपा नेपालको कन्द्रीय बैठकमा पार्टीले सम्पन्न गरेको छ महिने ‘जनतासँग जसपा नेपाल : आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा गरेको थियो । सो क्रममा १०१ जनाले धारणा राखेका थिए । अभियानमा खटिएका सबै केन्द्रीय नेतालाई लिखित प्रतिवेदन बुझाउन लगाइएको पार्टीका महासचिव शर्माको भनाइ छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...