नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास   - Naya Online

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी

राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ । नेपाली सेनाले भूगोलको मात्र रक्षा गरेको छैन, परम्परागत मूल्यमान्यता, धर्म संस्कृति एवं मौलिक परम्परालाई पनि जोगाएको छ । महाशिवरात्रिमा सेना दिवस, घोडेजात्रा, बडादसैँमा फूलपाती आदि महत्वपूर्ण पर्वलाई भव्यतापूर्वक मनाउने परम्पराले नेपाली सेनामार्फत मुलुकको श्रीवृद्धिमा अमूल्य योगदान पुगेको छ । यसर्थ, महाशिवरात्रीको अवसर नेपाली सेनाको भूमिका र महत्वलाई गहन रूपमा बुझ्ने अवसर पनि हो ।

नेपालको भौगोलिक विकटता र भूराजनीतिक अवस्था दुवै चुनौतीपूर्ण छन् । उत्तरमा विशाल हिमालय शृंखला छ भने दक्षिणमा तराईको समथल भूमि छ । नेपाल विश्वकै सर्वशक्तिमान बन्ने दौडमा रहेका भारत र चीनले घेरिएको छ । यस कारण नेपाल सामु भौगोलिक चुनौती मात्र होइन, सामरिक जटिलता र सुरक्षा चुनौती पनि छन् । नेपालको राष्ट्रिय राजनीति, आन्तरिक सुरक्षा र परराष्ट्र नीतिका साथै यहाँको राजनीतिक स्थायित्व आफूहरुका लागि महत्वपूर्ण रहेको दुई छिमेकीले बारम्बार दोहोर्याउँदै आएका छन् । नेपालको राजनीतिक नेतृत्वको असक्षमता भनौँ वा बिबिध त्रुटीहरुका कारण हुँदै गएको कूटनीतिको प्रत्युत्पादन, भारत र चीन मात्र होइन, यी मुलुकसँग प्रतिस्पर्धामा रहेका अन्य मुलुकले समेत नेपालमा गतिविधि बढाउन थालेका छन् । यस जटिल परिस्थितिमा मुलुकले आफ्नो अस्तित्व र सुरक्षालाई सन्तुलनमा राख्नुपर्ने हुन्छ । यसमा नेपाली सेनाको रणनीतिक क्षमता र कूटनीतिक कुशलता मुलुकको अस्तित्व रक्षाका लागि महत्वपूर्ण हुन गएको छ ।
सैना र सैन्य नेतृत्वको भूमिका राष्ट्रिय सुरक्षामा कति महत्वपूर्ण हुन्छ भन्ने विश्वपरिवेशमा देखा परेका अशान्तिका केही घटनाले पनि स्पष्ट पारेका छन् । एक्काईसौँ शताब्दीमा मानिसलाई चाहिने शान्ति सुव्यवस्था र खुसी भएर आफ्ना प्रियजनसँग जिन्दगी व्यतीत गर्न पाउने अवसर नै हो । राजनीति र सैन्य नेतृत्वले आफ्नो सन्तुलन गुमाउँदा कूटनीतिक माध्यमबाट सुल्झने समस्या चर्किंदै गएर लाखौँ मानिसले ज्यान गुमाइरहेको उदाहरण हाम्रै आँखा अगाडि छन् । नेपाली जनताको सौभाग्य नै भनौँ, पटकपटकको राजनीतिक जटिलता र उतारचढावका बाबजुद नेपाली सेनाले उच्च व्यावसायिकता प्रदर्र्शन गर्दै राष्ट्रिय सुरक्षालाई अक्षुण्ण राख्न सफल भएको छ । यसका लागि हामी सबै जनता नेपाली सेनाप्रति कृतज्ञ छौँ ।
नेपाली सेनाले आफ्नो सैन्य क्षमतालाई सुदृढ पार्दै विश्व शान्ति र क्षेत्रीय स्थिरतामा समेत योगदान पुर्याउँदै आएको छ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा नेपाली सेनाको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढेको छ । द्विपक्षीय सैन्य अभ्यास र अन्तर्राष्ट्रिय सहयोगले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि, नेपाली सेनाको क्षमता विकासमा मिहिनेत र लगानी अझै बढाउनुपर्ने घटनाक्रमले इंगित गर्न थालेका छन् । सेना भन्नासाथ युद्धमै होमिनुपर्छ भन्ने मानसिकता पनि ठीक होइन, तर आइपर्दा परिस्थितिको सामना गर्न सक्ने सबल सेना हुनु उत्ति नै आवश्यक छ । सक्षम र सबल सैन्य शक्तिले ‘दुस्मन’हरूका विरुद्ध ‘डिटरेन्स’को रूपमा काम गर्छ, जसले गर्दा अनावश्यक द्वन्द्वबाट देश र जनता सुरक्षित रहन्छन् ।

त्यसका लागि सैन्य प्रविधिमा लगानी बढाउँदै अध्ययन अनुसन्धानमा जोड दिनु आवश्यक छ ।
आफ्नो सुरक्षाका लागि आवश्यक माटो सुहाउँदो प्रविधि आफैँले विकास गर्न सक्ने हो भने राष्ट्रिय सुरक्षामा त योगदान पुग्छ नै, सानो बजेटले नै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सहज हुन्छ । नेपाल जस्तो सानो देशले अन्य मुलुकबाट प्रविधि खरिद गरेर आफ्नो सैन्य क्षमतालाई सुदृढ गर्नु कठिन कार्य हो । भारतलगायत धेरै मुलुकले आफ्नो सुरक्षाका लागि आफैँ प्रविधि विकास गर्नुपर्ने आवश्यकता देखेरै त्यसमा मनग्य लगानीका साथै अध्ययन अनुसन्धानमा पनि जोड दिन थालेका छन् । यसमा हामीले पनि ढिलो गर्नु हुँदैन ।
प्रविधिकै माध्यमले विश्वसामु देखा परेका साइबर सुरक्षा, जलवायु परिवर्तन र सीमा सुरक्षाजस्ता नयाँ नयाँ चुनौतीलाई समेत सामना गर्न सजिलो हुनेछ । हामीले सामना गर्ने चुनौती हाम्रै देश र परिवेश अनुसार विशिष्ट प्रकृतिको हुने भएकाले यसमा यथाशीघ्र ध्यान जानु आवश्यक छ । यसमा नेपाली सेनाले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । नेपाल जस्तो देशको लागि सैनिक कूटनीतिले शान्ति र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । युद्धबिनाको शान्ति पनि महत्वपूर्ण हो । नेपाली सेनाले आफ्नो भूमिकालाई युद्धमा मात्र सीमित नगरी, विपद् व्यवस्थापन, विकास निर्माण र सामुदायिक सेवामा पनि विस्तार गरेको छ । विपतको घडीमा ज्यानको पर्वाह नगरी नेपाली दाजुभाइ दिदीबहिनीका निमित्त सेनाले आफूलाई समर्पित गर्दै आएको छ । यसले नेपाली सेनालाई जनताको नजिक ल्याएको छ र राष्ट्रिय एकतालाई मजबुत बनाएको छ ।
नेपाली सेनाको भूमिकालाई हेर्दा यो केवल सैन्य शक्ति मात्र नभई, राष्ट्रिय पहिचान, सांस्कृतिक धरोहर र सामाजिक विकासको अभिन्न अंग हो भन्ने स्पष्ट हुन्छ । नेपाली सेनाले आफ्नो कर्तव्य र दायित्वलाई अझ सुदृढ बनाउँदै लैजाने हो भने नेपालको शान्ति, सुरक्षा र समृद्धिसमेत सुनिश्चित हुनेछ । सेना भनेको आफैँमा एउटा देश पनि हो । बेरोजगार युवाको विदेश पलायनलाई रोक्न पनि सेनाको संख्यामा वृद्धि गर्दै यसलाई आकर्षक पेसाका रूपमा विकास गरिनुपर्छ । देशको उन्नतिका लागि सेनाको भूमिका बढाउन सकिने क्षेत्र अझै पनि प्रशस्त छन् । विषम राजनीतिक परिदृश्यमा देशको स्थायित्व र नेपालीको भावनालाई आत्मसात् गर्दै राष्ट्रिय सुरक्षालाई दिगो राख्न आन्तरिक राज्यविप्लवको झिल्कालाई बेलैमा निराकरण गर्नका लागि पनि नेपाली सेनालाई अझै मजबुद बनाउनु पर्ने आवश्यकता छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...