जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने - Naya Online

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको पुनर्गठनसहित राष्ट्रिय भेला आयोजना हुने भएको छ ।

जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार बसेको बैठकले पार्टी निकट समाजवादी आदिवासी जनजाति महासङ्घ पुनर्गठन कार्यलाई तीव्रता दिँदै राष्ट्रिय भेला गर्न लागिएको हो ।

जसपा नेपाल संगठन विभागको समन्वयमा आदिवासी जनजाति महासङ्घ संयन्त्रको सदस्य पञ्चराम तामाङको अध्यक्षतामा बसेको बैठकले महासङ्घको विभिन्न घटक संगठन गठन र पुनर्गठन गर्ने उद्देश्यसहित राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो ।

समितिको संयोजकमा पञ्चमान तामाङ, सदस्यहरु क्रमशः धर्म घर्तीमगर, राकेश श्रेष्ठ, काजी शेर्पा, भरत चौधरी र कमल तामाङ रहेका छन् । समितिले अर्को बैठक बसेर राष्ट्रिय भेलाको मिति र स्थान तोक्ने बताइएको छ ।
जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व मन्त्री शिवलाल थापामगर, उपाध्यक्ष विद्युतकुमार बज्राचार्य, केन्द्रीय सचिवद्वय राजकुमार राई र लाक्पा शेर्पा, केन्द्रीय कार्यकारिणी समिति सदस्य तारा विश्वकर्मालगायत पार्टीका केन्द्रीय सदस्यहरुको सो बैठकमा उपस्थिति रहेको थियो ।

बैठकले केन्द्रीय सचिव राईको संयोजकत्वमा अर्का सचिव एवम् संगठन विभाग उपप्रमुख शेर्पा र संयोजक तामाङ सदस्य रहेको तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।

त्यस्तै बैठकले घटक संगठन निर्माणका लागि क्रमशः समाजवादी किरात राई संघ गठनको जिम्मेवारी राजकुमार राई, समाजवादी सुनुवार संघ गठनको जिम्मेवारी लाक्पा शेर्पालाई, समाजवादी लिम्बू संघ, समाजवादी याक्खा संघ र समाजवादी राजवंशी संघ गठनको जिम्मेवारी कमन देवानलाई दिएको हो ।

त्यसैगरी, समाजवादी तमु संघ गठनको जिम्मेवारी लक्ष्मण गुरुङलाई, समाजवादी दुरा संघ गठनको जिम्मेवारी देवबहादुर दुरालाई र समाजवादी नेवा संघ गठनको जिम्मेवारी राकेश श्रेष्ठलाई दिएको छ ।

जसपा नेपालको फागुन १८, १९ र २० गते सम्पन्न केन्द्रीय समिति बैठकले आदिवासी जनजाति, दलितलगायत उत्पीडित समुदायका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न विभिन्न घटक र महासंघहरु सम्मिलित परिसंघ गठन गर्ने निर्णय गरेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...