गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक - Naya Online

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

ओमप्रकाश राईको संगीत रहेको उक्त गीतलाई गायिका पेमा शेर्पा राईको स्वर रहेको छ।

सन्तोष प्रगाढ राईको संगीत संयोजन रहेको गीतमा वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ/मास्टरिङ रहेको गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमप्रतिको शुभेच्छा प्रस्तुत गरेको छ।

यसअघि २०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै, २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।

गीतकार राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी-७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा हुन्। दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ ९२०७४० र ‘पोलेको मकै’ ९२०७८० दुई बालकथासंग्रह प्रकाशित छन्। राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ मार्फत उनी लघुकथाको उन्नयनमा लागेका छन्। उनका ‘आजका लघुकथा’ ९२०७४० र ‘संयोग’ ९२०७९० दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।

गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ। यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत पनि सम्पादन अनुभव बटुलेका छन्। नेपाली भाषा र साहित्यमा योगदान पुर्याएबापत उनले इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान ९२०७६०, संसाक भवानी शङ्खर लघुकथा सम्मान ९२०७७०, विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान ९२०७९०, साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान ९२०८००, ‘गोधूलि साहित्य सम्मान ९२०८२० पाएका छन्।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...