वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन - Naya Online

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) को ८७ औं जन्मदिनको अवसरमा माङगेन्नासहित कविता वाचन गरेर मनाइएको छ ।

आइतबार झापाको दमकमा मुन्धुम अनुष्ठानबाट चर्चित कवि वैरागी काइँलाको माङगेन्ना गरेर (शिर उठाएर) सुरु भएको कार्यक्रममा स्रष्टाहरुले काइँलाका नेपाली साहित्यमा प्रख्यात कविताहरु वाचन गरेका थिए । कार्यक्रमको सुरुवातमा वरिष्ठ साहित्यकार लछामी सेर्मा पापोले माङगेन्ना मुन्धुम वाचन गरेर काइँलाको माङगेन्ना उठाएका थिए ।
नेपाल लिटरेरी ग्रुपको आयोजना, किरात मुन्धुम प्रतिष्ठान र फरक आयामको सहकार्यमा सम्पन्न कार्यक्रमबीच कवि तथा गजलकार शिव रेग्मी प्रणतले कवि वैरागी काइँलाको मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित वाचन मात्रै गरेनन्, आयामेली आन्दोलनका अभियान्ता इन्द्रबहादुर राई र ईश्वर वल्लभलाईसमेत सम्झेका थिए ।

प्राज्ञ सुमित्र वाङ्देल ‘चेली’ले कविता वाचनसहित तेस्रो आयामले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याएका चर्चा गरिन् । याक्थुङ प्रतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बोले बि. काइँलाले याक्थुङ साहित्यमा ठूलो योगदान पुर्याएको बताए ।

फरक आयामका संयोजक साङसेन पन्धाकले जन्मदिनमा केक काट्नु भन्दा माङगेन्ना गरेर जन्मोत्सव मनाउनु एउटा नेपाली मौलिक संस्कृतिलाई जिवन्त बनाउने कार्य भएको जिकिर गरेका थिए ।

कार्यक्रममा विक्रम वनेम फागो, रचना लाओती कुसाङ, चोमु पासाङ शेर्पा, दिल भुटानी र जिवन विवश बेघाले कवि वैरागी काइँलाका कविता वाचन गरेका थिए ।

नेपाल लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुडाथोकीले कवि वैरागी काइँलाको कविता वाचन र साहित्यिक योगदानको चर्चा गर्दै कार्यक्रम समापन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...