सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल - Naya Online

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ । “शान्तिको लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण“ मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जनबढी नाटकहरु प्रदर्शन हुनेछन् । नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा गरि १३ ओटा नाट्यप्रशिक्षण तथा कार्यशालाहरु पनि सञ्चालन हुनेछन् । प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरुले गराउनेछन् ।
पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समुहद्वारा कार्यशालाहरु सञ्चालन हुनेछन् । तेस्रो दिन फ्रान्सेली नाट्य निर्देशक मेक्सिम सिसड, दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताईवानी थिएटरहरु असाइनमेन्ट र स्पेश थिएटर तथा चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला रहनेछ । अन्तिम दिन सिङ्गापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समुह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समुहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गर्नेछन् । सबै कार्यशालाको समयावधि ३ घण्टाको रहनेछ र कार्यशालामा सहभागी हुनको लागि ५०० टिकटदर तोकिएको छ ।
हङकङका मोक च्यू अगष्टाइन, सर्वनाम थिएटरका निर्देशक अशेष मल्ल तथा विश्वमा मानवअधिकार, समानताका लागि समर्पित रंगकर्मीहरुको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो । विश्वमा प्रजातन्त्र र लोकतन्त्रका लागि आवाज उठाउदैँ आएको रंगकर्मीको समूह र नेपाल जस्तो पवित्र भूमिमा महोत्सव आयोजना गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको महोत्सवका सहअध्यक्ष मोक च्यूले बताए । सयौँ रंगकर्मीको जमघटले रंगकर्मीको सिर्जनाशिलतामा अझै निखार ल्याउने साथै महोत्सवमा हुने वर्कसप तथा छलफल तथा संवादले बैचारिक दृष्टिकोणमा समेत निखार ल्याउन सक्ने उनले बताए ।
यो महोत्सवले कुनै पनि देशको प्रतिनिधित्व गर्ने नभई, देशभित्र रहेका मानिसहरुको कला, संस्कृति, रहनसहन, रितिरिवाज, परम्परा, पहिचान आदिको प्रतिनिधित्व गर्ने सर्वनामका निर्देशक तथा महोत्सवका सहअध्यक्ष अशेष मल्ल बताउँछन् । आफूपनि लामो समयसम्म प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि संर्घष गरिरहेको विगत सुनाउदैँ यो महोत्सवमा सबैसँग नाटक तथा संस्कृतिको आदानप्रदान गर्न पाउँदा आफूले अहोभाग्यको रुपमा ठानेको बताए ।
यो महोत्सवलाइ जनमानसमा पुर्याउने हेतुले मार्च ७ देखि ९ सम्म इटहरीको मेट्रिक्समा र १० मा धनकुटामा समेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमण समेत हुनेछ । महोत्सवमा फ्रान्सका म्याक्सिम सिसडको अ लिटल बर्ड इन द केज, बेलायतको इन्डी लिको नाटक इट वन्ट बि लङ नाउ, जापानी निर्देशक नात्सुको किरितानीको द ट्रान्स बोर्डर, नेपालबाट नाटककार अशेष मल्लको फेरि अर्को कुरु क्षेत्र, राज शाहको मनोक्रान्ति लगायतका नाटकहरु मञ्चन हुनेछन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...