तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण - Naya Online

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।

पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई पटक पटक सहयोग गदै आएका छन । भारती माध्यमिक विद्यालय छथर जोरपाटी १, धनकुटालाई यसपटक नेरु ५ लाख खर्चगरि खेलमैदानको आकारलाई बढाउने, खेलमैदानको एकछेउमा स्थायी पक्की कार्यक्रम स्टेज भवन निर्माण गरि, प्रवेश गेटमा फलामको ढोका लगाई, खेलमैदानको वरिवरि तारजाली लगाएर एक औपचारिक कार्यक्रममा दाता तिगेला र धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपबाट विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बु र विद्यालयको प्रधानध्यापक भिमबहादुर लिम्बुलाई हस्तान्तरण गरेका हुन ।

तिगेलाले सो जग्गा वि.स. २०६९ मा नेरु १ लाख ३८ हजारमा किनेर विद्यालयलाई दिएका थिए भने सोहि विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउनको निमित्त वि.स. २०६६ मा नेरु ५० हजार प्रदान गरेका थिए, उनी त्यो बेला उच्च मावि बनाउनको निमित्त सबैभन्दा ठूलो दाता समेत रहेका थिए । विद्यालय ब्यवस्थापन समितिले दाता तिगेलाले किनेर, बनाएर दिएको खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण गरेका छन ।

खेलमैदान र कार्यक्रम स्टेज भवनको उद्घाटन स्थानीय छथर जोरपाटी गाँउपालिका उपाध्यक्ष गिता खेवाले गरेकी थिइन । उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार ब्यक्त गरिन साथै बनेको खेलमैदानमा बार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिका मार्फत पहल गर्ने प्रतिबद्धता समेत जनाईन । त्यस्तै गरि वडा नं. १ का अध्यक्ष गोविन्द लिम्बुले विद्यालयलाई साच्चीकै आवश्यकता परेको बखत जग्गा किनिदिनु हुने दाँता प्रति आभार ब्यक्त गरे । विद्यालयका प्रधानध्यापक भिम बहादुर लिम्बुले हस्तान्तरण समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको समस्या र आवश्यकताको चर्चा गर्दै दाता तिगेलाले गरेका योगदानको कदर स्वरुप खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण बैठकमा सयुक्त रुपबाट निर्णय गरेको बताए ।

विद्यालयको तर्फबाट दाता दम्पतिलाई दोसल्ला ओडाई सम्मान गरे भने दाता तिगेलाले आफूलाई पढाउनुहुने गुरुवर भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान ब्यक्त गरे । तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधै सम्झने, सम्मान गर्ने गरेको बताए । आफूसँग प्रसस्त पैसा भएर होइन, आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु  आफ्नो दायित्व महशुस गरि दुःख गरि कमाएको पैसा विद्यालयलाई दिएको बताए । निकट भविश्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दाता तिगेलाले आफूले कक्षा १ देखि ५ सम्म पढेको नजिकैको अर्को विद्यालय श्री शारदा माध्यमिक विद्यालयलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएको, करिब डेढदशक अघि कम्पियुटर सहयोग गरेका थिए, विद्यालयको निम्ति सो कम्पियुटर पहिलो थिायो । पटकपटक खेलकुदको सामाग्री प्रदान गरेका थिए । त्यस्तैगरि तिसमुरे डाँडामा ४ कोठे सिरिजंगा प्राथमिक विद्यालय निर्माण गर्दा पूरै च्यादर र काठ किनिदिएका थिए ।

सरस्वती पुजाको दिन आयोजित सो खेलमैदान हस्तान्तरण समारोहमा विद्यार्थी नानीहरुले करिब दर्जन भन्दा बढि गीत र नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सभापतित्व होम कुमार लिम्बुले गरेका थिए भने संचालन शिक्षक प्रेम कार्कीले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...