क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ ।
यस कार्यक्रममा लागि फक्ताङलुङ आइडल तिर्सना नेम्बाङ मलेसिया पुगिसकेकी छिन् । तिर्सनाको साथमा सुनिता चेम्जोङले कार्यक्रममा आफ्ना प्रस्तुति दिनेछिन् ।
नेपाली राजदुतावास, क्वालाम्पुरको सभाहलमा हुने कार्यक्रममा लिम्बू परिकारका साथ रात्रीभोज पनि हुने मलेसिया चुम्लुङका अध्यक्ष दिलकुमार केरुङले जानकारी दिएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।