'स्कुलमा कविता'को दोस्रो संस्करण माघदेखि हुने - Naya Online

‘स्कुलमा कविता’को दोस्रो संस्करण माघदेखि हुने

स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३, सुनसरीले आयोजना गर्दैआएको ‘स्कुलमा कविता’ प्रतियोगितात्मक कार्यक्रमको दोस्रो संस्करण यही २०८१ माघ ५ गतेबाट हुने भएको छ ।

स्वर्णिम साहित्य समाजको आधिकारिक फेसबुक पेजमार्फत हिजो सो जानकारी गराइएको हो । सो जानकारी अनुसार यो संस्करणमा कक्षा ६ देखि कक्षा -१० सम्मका विद्यार्थीहरुले सहभागी जनाउन पाउनेछन् । यो प्रतियोगितात्मक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाभरिका विद्यालयका विद्यार्थीहरुले सहभागी जनाउन पाउनेछन् भने साविक गाविसहरु भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवनबाट २/२ जना विद्यार्थीहरुलाई फाइनल राउण्डमा प्रवेश गराइने छ ।

फाइनलमा उत्कृष्ट १० बाट विजेता घोषणा गरिनेछ । विजेताले नगद रु. १०,०००/- आकर्षक ट्रफी, प्रमाणपत्र लगायतका पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो तेस्रो र सान्त्वनाले क्रमशः ५ हजार, ३ हजार, र २ हजार रुपैयाँको साथमा अन्य आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस्तै अडिसन राउण्डमा स्थानीय स्तरमा ख्याति कमाएका कवि तथा नेपाली भाषाका प्रवुध्व व्यक्तिहरु निर्णायक रहनेछन् भने प्रत्येक स्थानमा अतिथि निर्णायकसमेत रहनेछन् । फाइनलमा भने देशकै ख्यातिप्राप्त कविहरु निर्णायक रहनेछन् । साथै फाइनलमा कविले लाइभ अर्थात प्रत्यक्ष स्थलगत कविता समेत लेख्नुपर्ने जानकारी गराइएको छ ।

समाजका अध्यक्ष प्रकाश दिप्साली राई र सचिव लक्ष्मण कटुवालद्वारा हस्ताक्षर गरिएको सो जानकारी पत्रमा अडिसन राउण्डका निर्णायकहरुलाई आगामी माघ १ गते सार्वजनिक गरिने समेत जनाइएको छ । कार्यक्रम स्थलहरु भने केही फेरबदल हुन सक्ने समाजका अध्यक्ष प्रकाश दिप्प्साली राईले जनाएका छन् ।

स्मरणीय छ ‘स्कुलमा कविता’को पहिलो संस्करणको विजेता बसन्तऋतु मा.वि.बराहक्षेत्र -७ का आर्यन निरौला हुन् भने द्वितीय स्काइ इङ्लिस स्कुल बराहक्षेत्र-३, नडाहाका पुष्पा घिमिरे, तृतीय राजाबास सेकेन्डरी स्कुल बराहक्षेत्र-९ कि सुस्मिता खत्री र सान्त्वना मुनविम एकेडेमी बराहक्षेत्र -५ कि इसा सुवेदी रहेकी थिइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...