पहिचान पुरस्कार कोषले २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने भएको छ । मंसिर २८ गते बसेको कोषको बैठकले जुरीवाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठ पुस्तक मध्यबाट उक्त कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।
पुरस्कार राषी नगद रु ४ लाख २ हजार दुई सयसहित ताम्रपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
ओ पेङदोर्जे कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पचिानको लागि रगत पसिना साथै जीवन आहुति दिने तामाङ जाति र अन्य भूइँ मान्छेहरुले खेपेको शोषणको बारेमा बताएको छ । उनको कविताहरुले आफ्नो पहिचान रक्षार्थका लागि आन्दोलन, विद्रोह बोलेका छन् । विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ । साँस्कृतिक जागरणको आव्हान गर्दै आफ्नो पहिचान रक्षाको लागि आवाज बुलन्द गरिएका छन् । विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासङ्ग्रह ओ पेङदोर्जेलाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।
संस्थाले जनाए अनुसार, २०८१ साल चैत्र २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिने छ । तिन साल अघिदेखि चखियामा पुरस्कार प्रदान गरिदै आएको छ । चैत्र २४ गते एक दिने ‘काब्य मुन्दुम पथ यात्रा’गर्ने तालिका पनि तय गरेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।