चलचित्र 'चे' १६ फेब्रुअरीमा युएइमा प्रदर्शन हुँदै - Naya Online

चलचित्र ‘चे’ १६ फेब्रुअरीमा युएइमा प्रदर्शन हुँदै

काठमाडौ – २७ मंसिर २०८१ बिहीवार ।
लिम्बू कथानक चलचित्र ‘चे’ युएइमा प्रदर्शन हुने भएको छ । २६ फेब्रुअरी २०२५ मा युएइस्थित बरदुबइमा नेपाल आदिवासी जनजाति महासंघ युएइको आयोजनामा प्रदर्शन गरिने महासंघका अध्यक्ष बिक्रम लिम्बुले बताएका छन । याक्थुङ फिल्म्सले निर्माण गरेको चलचित्र ‘चे’को सागर केरुङ्ले लेखन निर्देशन गरेका हुन । एफ एल एफ अवार्ड २०२४ र याक्थुङ सिने अवार्ड २०८१ मा सर्वोकृष्ट अवार्ड जितेको ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी चे/लास भईरहेका छन् ? भन्ने कथा हो अर्थात् लासको कथामाथि बनाइएको चलचित्र हो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रको मुख्य विषय बनाइएको छ । चलचित्रले  आधुनिक विकासको नाममा भत्काईरहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलहरु सकिएपछि  याक्थुङ समुदायमा चे/लासनै प्रमुख समस्याकोरुपमा उभिएको संकेत गर्छ । काठमाडौबाट प्रदर्शन सुरु गरेको चलचित्र ‘चे’ संसारभरी प्रदर्शनको क्रममा रहेको निर्माण पक्षले जनाएको छ । सागर केरुङ, इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्रलाई पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । युबराज राइको छायांकन, मोनि ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर, बुद्धराज लिम्बुको संगीत, अमृता जबेगुको शृङ्गार, पर्शु लिम्बुको सम्पादन, मोनि ताम्लिङ्को पार्श्व संगीत रहेको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, चन्द्रकला साँवा, राजु घिमिरे, उदय बेघा लगायतको अभिनय रहेकोछ ।
भिडियो : https://youtu.be/fs6GDBKXpw8?si=46gZC9pW6_Vi-8NT

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

चलचित्र ‘चे’ सिक्किमको विभिन्न ठाउँहरुमा प्रदर्शन हुँदै

 १४ जनवरीमा हिगाउँमा प्रदर्शन हुने काठमाडौ । लिम्बू कथानक चलचित्र ‘चे’हिगाउँ पश्चिम् सिक्किममा प्रदर्शन...

चलचित्र ‘चे’ १६ फेब्रुअरीमा युएइमा प्रदर्शन हुँदै

काठमाडौ – २७ मंसिर २०८१ बिहीवार । लिम्बू कथानक चलचित्र ‘चे’ युएइमा प्रदर्शन हुने...

नेपाली चलचित्र ‘थत्थामा’को काठमाडौमा प्रदर्शन

काठमाडौँ। २४ मंसिर २०८१ सोमबार । नेपाली कथानक चलचित्र ‘थत्थामा’को विशेष प्रदर्शन भएको छ...