जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन - Naya Online

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा संघ नेपाल र समाजवादी महिला संघ नेपालको प्रदेश १ स्तरीय समितिहरू पुनर्गठन गरिएको छ ।

शुक्रबार इटहरीमा आयोजित महिला, युवा, विद्यार्थी प्रदेशस्तरीय संगठन पुनर्गठन कार्यक्रमका बीच जसपा नेपालका तीन वटै जबसका प्रदेश समितिहरू पुनर्गठित गरिएका हुन् ।

सागर सरगम चेम्जोङको अध्यक्षतामा २६ सदस्यीय समाजवादी विद्यार्थी युनियन नेपाल प्रदेश नम्बर १ पुनर्गठन भएको हो भने दिनेश राईको अध्यक्षतामा २४ सदस्यीय समाजवादी युवा संघ नेपाल पुनर्गठन भएको हो । त्यस्तै, ओममाया आङ्देम्बेको अध्यक्षतामा १७ सदस्यीय समाजवादी महिला संघ नेपाल पुनर्गठन भएको हो ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव एवम् संविधानसभा सदस्य राजकुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पूर्व प्रदेश मन्त्री जयराम यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य अर्जुन थापा, प्रदेश अध्यक्ष दिपक याक्खा, केन्द्रीय सदस्यहरू रञ्जु वर्मा, शिवबहादुर बस्नेत, शशी लिङ्देन, किरात राष्ट्रिय समिति अध्यक्ष डिके रानोहोछा, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष भोगेन्द्र यादवलगायतले शुभकामना व्यक्त गरेका थिए ।

समाजवादी युवा संघ नेपालका प्रदेश उपाध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अतिथिलाई समाजवादी महिला संघ नेपालकी अध्यक्ष ओममाया आङ्देम्बेले स्वागत गरेकी थिइन् भने समाजवादी विद्यार्थी युनियनका प्रदेश १ अध्यक्ष अञ्जिलहाङ किरातीले कार्यक्रम सञ्चालन गरेका थिए ।

समाजवादी विद्यार्थी युनियन नेपालका प्रदेश नं. १ मा सागर सरगम चेम्जोङको अध्यक्षतामा पुनगर्ठन भएको हो । जसको उपाध्यक्ष मिथिलेस यादव, मुख्यसचिव राकेश कुमार यादव, सचिव युन्छोहाङ लिम्बू, सचिव आकाश लावती छन् । सदस्यहरूमा चन्दन बैठा, पङ्कज कुमार विराजी, जय नन्द यादव, रोजा जबेगु, बुद्धराज सोधुङ, मेरिना योङहाङ, सङ्गीता राई, प्रयास राई, राजन यादव, रेनु कुमारी मण्डल, सुरज साह, मनोहर सिंह, रिकेश यादव, ओम लिम्बू, नितेश यादव, सन्देश कुलुङ राई, अर्जुन लाबुङ, ललिता फागो, आरती लिम्बु, धर्मेन्द्र राम, राधेश्याम यादव छन् ।

त्यसैगरी समाजवादी युवा संघ नेपाल, प्रदेश नं. १ को अध्यक्ष दिनेश राई, उपाध्यक्ष सरोज यादव, उपाध्यक्ष प्रभुराम राई, उपाध्यक्ष सुरेन्द्र यादव, मुख्यसचिव सुरेश याम्फू, सचिव देवेन्द्र यादव, सचिव गणेश सम्हाम्फे छन् ।

सदस्यहरूमा क्षीतिज मगर, लादेन छिरिङ भोटे, मनोज दर्जी, बुलन चेम्जोङ, कृष्ण नाल्बो, राम थाम्सुहाङ, सुवास जवेगु, बिशा प्रसाद साह, छत्रप्रसाद राई, धनीराम नछुङ, सञ्जय कुमार साह, रमेश यादव, सुरज तमोली, कमल हाङसारुङ्बा, बबिन चेम्जोङ लिम्बू, सन्तोष तुम्बापो, दिवस लावती छन् ।

समाजवादी महिला संघ नेपालको अध्यक्ष ओममाया आङ्देम्बे, उपाध्यक्ष राजकुमारी यादव, उपाध्यक्ष अञ्जु खड्का, सचिव रिता खापुङ, सचिव लाक्पा डोमा शेर्पा, सहसचिव चन्द्रकला राई, कोषाध्यक्ष बिनिता सिंह छन् ।

सदस्यहरूमा बदमिया साह, हेमनसरी राजवंशी, कौशिला राई, दिलकुमारी राई, शर्मिला राई, इन्दु राई, बबिता दनुवार, सुकरमुनी बेस्रा, नर्मला मण्डल, जयमुन निसा, कमला शर्मा छन् ।

अशोक राई समूहले पार्टी विभाजनको औचित्य पुष्टि गर्नै सकेनः सह–अध्यक्ष चेम्जोङ
सो कार्यक्रममा जसपा नेपालका सह–अध्यक्ष रकम चेम्जोङले पार्टी विभाजन गरेर गएको अशोक राई समूह पहिचानको आन्दोलनबाट ओझेल परेको बताए । पूर्वमन्त्रीसमेत रहेका चेम्जोङले राईको नेतृत्वमा पार्टी विभाजन गर्ने समूहले विभाजन गर्नुको औचित्य पुष्टि गर्न नसकेको दावी गरे । ‘अशोक राईजीहरू पार्टी विभाजन गरेर त जानुभयो, तर राजनीतिक रङ्गमञ्चबाटै हराइसक्नु भयो । पार्टी विभाजनको औचित्य पुष्टि गर्न सक्नुभएको छैन’, उनले भने ।

उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरूको मुक्ति र अधिकार स्थापित गर्न गठन गरिएको पार्टी पटक–पटक विभाजित हुनुमा चेतनाको कमी नै मुख्य कारण भएको सुझाउँदै उनले तत्काल अशोक राईहरू बाहिरिँदा जसपा नेपाल केही कम्जोर जस्तो देखिए पनि अहिले पुनः लय समातेर अघि बढेको बताए ।

सम्बोधनका क्रममा जनताको विश्वास अब जसपा नेपालसँग मात्रै रहेको भन्दै चेम्जोङले ‘दलितको, महिलाको, आदिवासी जनजातिको, मधेसीको समावेशीकरण र आरक्षण खोस्न लागि परेका काँग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपालगायत पार्टीले कसरी उत्पीडितको समावेशीताको रक्षा गर्न सक्छ ?’ भन्दै प्रश्न गरे ।

उनले भने, ‘उनीहरूले (काँग्रेस, एमाले) सरकार गठन गर्दा नै समावेशी र समानुपातिक हटाउन संविधान संशोधन गर्ने भनेर हस्ताक्षर गरिसकेका छन् । अब यी पार्टीले कसरी उत्पीडित समुदायको पक्षमा लड्छन् भनेर विश्वास गर्ने ? यो त ठट्टाको मात्रै विषय हो ।’

पहिचान र अधिकार प्राप्तिका लागि प्रदेश १ मा जसपा नेपालले संयुक्त संघर्ष समितिसँग मिलेर कोशी नाम खारेजीको आन्दोलनलाई थप सशक्त बनाउनु पर्ने धारणा राख्दै उनले अब पहिचानको आन्दोलनको नेतृत्व जसपा नेपालबाट मात्रै सम्भव हुने दावी गरे ।

काँग्रेस र एमालेले संसदीय लोकतन्त्रको मर्मविपरित पहिलो र दोस्रो पार्टीको साँठगाँठमा सरकार गठन गर्नुको उद्देश्य आफ्नो भ्रष्टाचारी नेता जोगाउन र फसेकालाई उकास्नका निम्ति भएको चेम्जोङले आरोप लगाए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...