जसपा, नेपाल झापामा चौधरी - Naya Online

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ ।

बुधबार झापाको दमकमा आयोजित जिल्ला पुनर्गठन कार्यक्रमबाट नयाँ कार्य समिति गठन भएको हो ।
शत्रुधन चौधरीको अध्यक्षतामा पुनर्गठित कार्य समितिका उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी छन् । त्यस्तै सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश लावती र कोषाध्यक्षमा नूतन झा छन् ।

पुनर्गठित समितिका सदस्यहरुमा क्रमशः लुखीराम मुर्मु, जितबहादुर राई, राजेन्द्र दियाली, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, गुणराज राई, गोपाल ताजपुरिया र जयनारायण राजवंशी छन् ।

अशोक राई समूह जसपा नेपालबाट बाहिरिएपछि झापामा जिल्ला अध्यक्षसहित केही पदाधिकारी रिक्त रहेको थियो । ‘पहिचान र सङ्घीयताको आन्दोलनबाट उहाँहरु (अशोक राई समूह) भाग्नु भो । आन्दोलनमा निरन्तर पार्टी स्थापनाकालदेखि लागिरहेका हामीले संगठन र आन्दोलनालई थप उचाईमा पुर्याउने लक्ष्यका साथ जिल्ला समिति पुनर्गठनमार्फत पार्टी गतिविधि अगाडि बढाउने र झापामा ‘जनतासँग जसपा नेपाल अभियान सफल बनाउने कार्य प्रारम्भ गरेका हौँ’, जसपा नेपालका केन्द्रीय सदस्य धिरने सुब्बा लावतीले भने ।

बुधबारको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादवले पार्टीका धोकेबाजहरुलाई कुनै स्थान नरहेको जिकिर गरे । ‘बिगतमा गल्ती गर्नेहरु पार्टी छाडेर गैसके । अब पछाडि फर्केर उनीहरुको आलोचना गरेर बस्ने समय छैन । पार्टीको निर्दिष्ट लक्ष्य र उद्देश्य प्राप्तिमा हामी सबैको ध्यान जानु पर्छ ।’
कार्यक्रममा बोल्दै जसपा नेपालका प्रदेश १ अध्यक्ष दिपक याक्खाले अशोक राई समूह समाजवाद प्राप्तिको क्रान्ति र पहिचान, सङ्घीताको लडाँइबाट भागेको आरोप लगाए ।

वक्ताका रूपमा रहेका जसपा नेपालका केन्द्रीय सदस्य लोकसागर साम्बाले लिम्बुवान, जनमुक्तिलगायत पहिचान र सङ्घीयताको निम्ति राजनीतिक आन्दोलनमा रहेका स–साना शक्तिहरुलाई आफूमा समाहित गरेर अगाडि बढ्न सक्दा मात्रै जसपा नेपालको आन्दोलन सशक्त हुने सुझाव दिएका थिए ।
कार्यक्रममा जसपा नेपाल प्रदेश १ का मुख्यसचिव घनश्याम कट्वाल, केन्द्रीय सदस्य रङ्गलाला राजवंशी, प्रदेश १ सदस्य पदमकुमारी लिम्बू, लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष ओममाया आङ्देम्बेले शुभकामना व्यक्त गरेका थिए ।

जसपा नेपाल केन्द्रीय सदस्य धिरेन सुब्बा लावतीको अध्यक्षतामा सम्पन्न पुनर्गठन कार्यक्रममा मधेश राष्ट्रिय समितिका अध्यक्ष तुलसीप्रसाद राजवंशीको सञ्चालन रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...