स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता - Naya Online

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको अवसर पारेर सर्जक सम्मान, मातृभाषामा कविता वाचन कार्यक्रमको आयोजना गरेको छ ।

नियमित लेखन र ढुंगामा कला भर्दै आएकी चतराका दीपा मगरातीलाई सम्मान भएको थियो । सम्मान ग्रहणपश्चात चतरा साहित्य समाजकी अध्यक्षसमेत रहेकी दीपा मग्रातीले साहित्यमा लाग्नको लागि परिवारले दिएको हौसला र वराहक्षेत्रमा रहेका अग्रजहरूको मायाले अगाडि बढ्न सहयोग पुगेकी बताइन् ।

मातृभाषामा कवि र कविताहरू विषयक कार्यक्रममा कवि छविलाल चौधरी, मित्रराज राई, शुक्र आङ्देम्बे आँशु र पुष्पा बोगटीले क्रमशः थारु, बान्तवा, लिम्बू र नेपाली भाषामा कविता प्रस्तुत गरेका थिए । प्रस्तुत कविताहरूमाथि वराहक्षेत्रकै कविद्वय देवेन्द्र खापुङ र प्रह्लाद पहरेदारले टिप्पणी गरेका थिए ।

टिप्पणी गर्दै कवि खापुङले नेपालमा नेपालीबाहेक अन्य भाषाहरूलाई दमन गरिएको इतिहास कोट्याएका थिए । हजार वर्षअगाडिदेखि नै विद्यापतिकालिन मैथली साहित्य, लिच्छवीकालिन नेवारी साहित्यदेखि ४ सय वर्ष अगाडिदेखि लिम्बू भाषामा साहित्यको प्रादुर्भाव भएपनि वि.सं. १८७१ मा जन्मिएर रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने भानुभक्त आचार्यलाई आदिकवि मान्नुपर्ने विडम्बना रहेको बताएका थिए । कवि प्रह्लाद पहरेदारले नेपालमा रहेका सबै भाषाभाषीको साहित्यलाई फल्न र फुल्न दिइनुपर्ने, त्यसले फरक सुगन्ध दिने बताएका थिए ।

मातृभाषामा कवि र कविताहरू विषयक कार्यक्रमलाई कवि छविना लुङ्गेली मगरले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा बालप्रतिभा दीपशिखा दर्नाल र राजेश परियारले सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई मनोरञ्जन दिलाएका थिए ।

वराहक्षेत्र नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कपिल आचार्यले संस्थाको आजिवन सदस्यता लिने र नगरपालिकाको तर्फबाट आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभागका सदस्य हेनसेन याक्खाले संस्थाको काम हेरेर आफूलाई समेत जोश आएको बताइन् । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष रोहित काफ्ले, सप्तकोशी बहुमुखी क्याम्पसमा लेक्चरल रमेश काफ्ले, कवि पराजित पोमू, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राई, केस्राकार दिलिप राई सगर, कवि समिक्षा छिलिङ राईलगायतको उपस्थिति रहेको थियो ।

समाजका कोषाध्यक्ष शारदा निरौला सारुले संस्थाको आर्थिक प्रतिवेदन र अध्यक्ष प्रकाश दिप्साली राईले प्रगति प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी संस्थामा आजिवन सदस्यता लिएका ममता घिमिरे, नयाँ सदस्यता लिएका समिर राजवंशी र वर्षा भण्डारीलाई प्रमाणपत्र र टिसर्ट प्रदान गरिएको थियो ।

वराहक्षेत्र नगरपालिका वडा नंं. ३ को कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष राजदीप लामा प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलाई समाजकी सहसचिव सविता फागो चोङबाङले सञ्चालन गरेकी थिइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...