काठमाडौ – २२ भदौ २०८१ शनिबार
किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । चुम्लुङ्हिम ललितपुरमा सम्पन्न चौथो जिल्ला अधिवेशनलाई दिलिप लुम्फुङ्वालाइ अध्यक्षमा निर्वाचित गरेको छ । यसरी नै सचिव धनकुमार लिम्बू, कोषाध्यक्ष खड्ग नुगो लिम्बू र सदस्यहरुमा दिलकुमार चोङ्बाङ, रणबहादुर लिम्बू, विष्णुमाया लिम्बू र मिनकुमार लिम्बुलाइ निर्वाचित गरेको छ । किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिम्बु साँस्कृतिक परिषदका संघीय अध्यक्ष सागर केरुङ, कियाचु ललितपुर अध्यक्ष क्याप्टेन टंक जबेगु, काठमाडौ सचिव टेक काम्बाङ लगायतले शुभकामना राखेका थिए । लिम्बु साँस्कृतिक परिषदले निर्माण गर्न लागेको याक्थुङ राष्ट्रिय गानलाइ पुर्णता दिन बक्ताहरुले जोड दिएका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।