'याक्थुङ राष्ट्रिय गान' निर्माणमा लिम्बुहरु जुट्दै - Naya Online

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार ।
लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणको तयारी सुरुभएको छ । मंगलबार किरात याक्थुङ चुम्लुङ्को संघीय कार्याल ललितपुरमा पहिलो चरणको छलफल सम्पन्न भएकोछ । किरात याक्थुङ चुम्लुङ्को बिषयगत समिती लिम्बू साँस्कृतिक परिषद संघीय कार्यसमितिले सुरु गरेको हो । पहिलो चरण अन्तर्गत परिषदका ललितपुर, भक्तपुर र काठमाडौका समितिसँग छलफल भएको छ । कार्यक्रममा लिम्बू साँस्कृतिक परिषदका संघीय अध्यक्ष सागर केरुङ्द्वारा प्रस्तुत ‘याक्थुङ राष्ट्रिय गान निर्माण कार्यविधि’ बारे छलफल तथा सुझाव संकलन गर्ने कार्य भएको छ । किरात याक्थुङ चुम्लुङ्ले एकदशक अघिदेखि याक्थुङ राष्ट्रिय गान निर्माण गर्नेबारे निर्णय गर्दै आए पनि हालसम्म निर्माण हुनसकेको छैन । परिषदको चौँथो राष्ट्रिय महाधिवेशन २०८० पुस २४/२५ धरानबाट घोषित समसामयिक प्रस्तावहरुद्वारा ल्याइएको कार्यक्रमको कार्यान्वयन गर्न लागेको बताइएको छ । याक्थुङ समुदायको साझा बुझाइबाट याक्थुङ राष्ट्रिय गान निर्माण गर्ने परिषदका पुर्व अध्यक्ष तथा किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ्ले बताए । हालसम्म नेपालमा तामाङ, मगर, नेवार, गुरुङ लगायतको आफ्नै राष्ट्रिय गान निर्माण भएको पाइन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

दुर्व्यसन विरुद्धको अभियानमा समाज लागिपर्नु पर्छः डीआईजी खापुङ

  विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले दुर्व्यसन...

कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी...

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...