दाजु गुरुङको उपन्यास निरजोयामाथि परिचर्चा - Naya Online

दाजु गुरुङको उपन्यास निरजोयामाथि परिचर्चा

इटहरी । सगरमाथा साहित्य प्रतिष्ठान प्रदेश शाखाले दाजु गुरुङको नविनतम कृति ‘निरजोया’ माथिको परिचर्चा र प्रतिनिधि रचना वाचन कार्यक्रममा इटहरीमा शनिबार सम्पन्न भएको छ ।

इटहरीस्थीत दुर्गा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा पत्रकार भोजराज श्रेष्ठ, डा.दिवाकर रेग्मी र बाबुराम खड्काले पुस्तकमाथि आफ्ना धारणा राखेका थिए । पुस्तकले मलेसिया गएर घर परिवार बिर्सेको व्यक्तिमाथि चित्रण गरेको कथा बोलेको र वैदेशिक रोजगारीमा रहँदा हुने दुःख हैरानीलाई समेटेको वक्ताहरुको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपानेले डायास्पोरा ३ प्रकारको हुने बताएका थिए । ओल्ड डायस्पोरा, न्यू डायास्पोरा र लेवर डायास्पोरा रहेको बताउँदै वैदेशिक रोजगारीमा जाँदाको अनुभूतिलाई समेटिएर लेखिने साहित्यलाई लेवर डायास्पोरा रहेको बताएका थिए ।

सगरमाथा साहित्य प्रतिष्ठान, प्रदेश शाखाका सहसचिव अभिमन्यु अभिजित र सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा वर्तमान केन्द्रीय कमिटी संरक्षक विवेक दुलाल क्षेत्री, नेपाल शाखा संरक्षक जीपी तिवारीले संस्थाको स्थापना र गतिविधिबारे जानकारी गराएका थिए ।

महेन्द्र बहुमुखी क्याम्पस, धरानका स्ववियू सभापतिसमेत बनिसकेका दाजु गुरुङ वरुण बहुमुखी क्याम्पस, संखुवासभाका क्याम्पस प्रमुख भइसकेका हुन् भने पछिल्लो समयमा हङकङमा रहेर साहित्य लेख्दै आएका छन् । उनको टाँकी फूलहरु (कथा सङ्ग्रह), लाइसी (कथासङ्ग्रह) प्रकाशन भएका छन् । निरजोया पछिल्लो कृति हो भने उपन्यासको रुपमा पहिलो हो ।

रचना बाचन पनि रहेको कार्यक्रममा कवि देवान किराती, कविता केसरी, पदमकुमार लुङ्गेली, नयन अधिकारी, रगेन्द्र कोइरालाले आफ्ना रचना सुनाएका थिए । त्यसैगरी साहित्यकार सुविद गुरागाइँले इटहरीको साहित्यिक पृष्ठभूमिबारे संक्षेपमा बताएका थिए ।

कार्यक्रम कोशी प्रदेश कमिटीका अध्यक्ष मिश्रा गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रदेश नं. १ मा जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

लुङा पत्रिकाले रजत वर्ष विशेषाङ्क विमोचन गर्दै, दुई पत्रकार पुरस्कृत हुँदै

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत...

लिम्बू पलाम “साम्याङ अम्लेङ्”को भिडियो सार्वजनिक

कात्तिक २९, काठमाडौ । लिम्बू भाषाको पालाम ‘साम्याङ अम्लेङ्’ को म्युजिक भिडियो सार्वजनिक भएको...

चलचित्र ‘चे’लाई “बेस्ट स्टोरी अवार्ड” प्रदान

कात्तिक २९, काठमाडौ । लिम्बु कथानक चलचित्र “चे”ले बेस्ट स्टोरी अवार्ड प्राप्त गरेको छ...

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...

चलचित्र ‘चे’ असोज १५ गते काठमाडौमा प्रदर्शन हुने

काठमाडौ – १ असोज २०८१ मंगलबार । आदिवासी चलचित्र ‘चे’ आगामी असोज १५ गते...

याक्थुङ युवा मञ्च, भक्तपुर जिल्ला अधिवेशन सम्पन्न

काठमाडौ – २९ भदौ २०८१ शनिबार । याक्थुङ युवा मञ्च भक्तपुरको प्रथम अधिवेशन सम्पन्न...

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार । ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ ।...

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...