नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित - Naya Online

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका छन् ।

आइतबार लन्डनको फार्नबोरो स्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न शाखाको छैटौ अधिवेसनले सेनेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल पत्रकार महासंघ यूकेको छैटौं महाधिवेशनका लागि अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र विमला सेनेले उम्मेदवारी दिएका थिए । निर्वाचन प्रकृयाबाट सम्पन्न अधिवेशनमा बिमला सेनले २३ मत प्राप्त गरेर एफएनजे यूकेको पहिलो महिला अध्यक्ष बनेकी हुन् । नवनिर्वाचत अध्यक्ष सेने यसअघिको कार्यसमितिमा केन्द्रीय प्रतिनिधिको रुपमा रहेका थिए । उनी लण्डनबाट प्रसारण हुने गोर्खा च्यानलका संस्थापक सम्पादक तथा प्रस्तोता पनि हुन् ।

नयाँ कार्यसमितिको अन्य पदहरुमा वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षद्वयमा प्रमिला लाबुङ राई र शिव भण्डारी, महासचिवमा खेमराज रानाभाट, सचिवद्वयमा मञ्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमाः अमित थेबे, बमबहादुर थापा, नगेन्द्रराज नेम्वाङ, वाचस्पति रेग्मी, गोमा राना, मिलनध्वज गुरुङ (मिलन तमु) मनोनित गरिनेछन् ।

निर्वाचन मण्डलका संयोजक संस्थाका निबर्तमान अध्यक्ष नरेश खपांगी मगर थिए भने निर्वाचनका अन्य सदस्यहरुमा प्रजय शुक्ला र पूर्ण गुरुङ थिए।

निर्वाचनको परिवेक्षकमा बरिष्ठ समाजसेवी एकिन्द्र गुरुङ, शिब कल्चरका अध्यक्ष बिक्रम भट्टराई र ग्रेटर रसमर कम्युटिका अध्यक्ष मान गुरुङ रहेका थिए ।

अधिवेशनको पहिलो चरणको कार्यक्रम संस्थाका अध्यक्ष ध्रुबराज अर्यालले अध्यक्षता गरेका थिए । महिला उपाध्यक्ष प्रमिला राईले स्वागत मन्तब्य मन्तब्य दिएका थिए । कार्यक्रम महासचिब नरेन्द्र बस्नेत र सचिव मञ्जु भण्डारीले संयुक्त रुपमा संचालन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...