गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक - Naya Online

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा गीतका भिडियोहरु सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोहरुमा ‘पेलि फाक् सेवारो,’ ‘परदेशी जीवन,’ ‘पत्थर कोइला,’ र ‘हुलाकी दाई’ हुन् । सार्वजनिक गीत अनि भिडियोमाति सङ्गीतकार बुलु मुकारुङले धारणा राखेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष थापाले हरेक गीतकारहरुले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा संस्कृति एवं जागरण, चेतना, सन्देश, ज्ञान दिलाउने गीतहरु लेख्नुपर्ने राय दिएका थिए ।

उनले भने, ‘रहर र मनोरञ्जनको रूपमा मात्रै गीतलाई लिनु हुँदैन यो बौद्धिक सम्पत्ति हो । गीत सिर्जनाले आर्थिक आय आर्जन पनि गर्दछ र समाजलाई समृद्धिको बाटो साथै देशको विकासमा पनि टेवा पु¥याउँछ ।’

गीत लेखनमा सक्रिय रहेकी आङ्बुहाङले आमा भाग १ र २ म्युजिक भिडियोमा ल्याइसकेकी छिन् । त्यसैगरी नरुनु आमा गीत सङ्ग्रह र मेरी आमा आमाको जीवनीमा पुस्तक लेखिसकेकी छिन् ।

कार्यक्रममा गीत सङ्गीत, साहित्य, कलाकर्मी, पत्रकार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थित रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...