विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ ।
विश्वका विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले भानुभक्तको योगदानको प्रशंसा गरेका थिए । नेपाली साहित्यका सुदूर साधक शिखर व्यक्तित्व ६६ वर्षदेखि लगातार रूपमा त्रिभुवन विश्वविद्यालयमा बसाइँ उपन्यास मार्फत पढिदै आउनु भएका पद्मश्री लीलबहादुर क्षत्रीको प्रमुख आतिथ्यतामा १५औं स्थापना दिवस मनाइएको हो । क्षेत्रीले आफ्नो मन्तव्यमा विश्व नेपाली साहित्य महासङ्घको साहित्यिक कार्यको प्रशंसा गर्दै भारतमा भानुजयन्ती मनाउने परम्परा स्थापित गर्नमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गरेका थिए ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति, विभाग प्रमुख, प्राध्यापकहरू, विभिन्न देशका महामहिम राजदूतहरू, कुटनीतिक नियोगका पदाधिकारीहरू, साहित्यिक हस्तीहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो । महत्वपूर्ण मन्तव्य र दर्जन बढी सृजनाहरू प्रस्तुत भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू रहनु भएको थियो । प्रा.डा. गङ्गाप्रसाद प्रसाईँ, कुलपति त्रिपुरा विश्वविद्यालय भारत, प्रा.डा. यादवप्रकाश लामिछाने, उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय, दाङ, डा. शंकरदेव ढकाल, अध्यक्ष भारतीय साहित्य एकाडेमी परामर्श समिति, श्री मीलनराज तुलाधर, महामहिम नेपाली राजदूत, रसिया, श्री हरिशचन्द्र घिमिरे, महामहिम नेपाली राजदूत, म्यान्मार भीम उदास, पूर्वराजदूत, काठमाडौँ प्रा.डा. भीम खतिवडा, शिक्षाध्यक्ष नेपाल संस्कृत विश्वविद्यालय, दाङ, प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ लेखक समालोचक, काठमाडौं प्रा.डा. दिवाकर प्रधान, अध्यक्ष भारतीय भाषा विभाग काशी हिन्दू विश्वविद्यालय, भारत, प्रा.डा. भरत भट्टराई, नेपाली विभाग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, प्रा.डा. मेघनाथ क्षेत्री, सोनादा डिग्री कलेज, भारत, प्रा.डा. गोविन्दमान सिंह कार्की, विभाग प्रमुख त्रिचन्द्र क्याम्पस, काठमाडौं, प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, विभाग प्रमुख पद्मकन्या क्याम्पस, काठमाडौं, प्रा.डा. राजकुमार क्षेत्री, दार्जीलिङ गभर्मेन्ट कलेज, भारत, प्रा.डा. कृष्णप्रसाद धिमिरे, लुम्बिनी प्रविधिक विश्वविद्यालय प्रा.डा. नलीन रञ्जन सिंह, केकेसि कलेज, लखनऊ, भारत, प्रा.डा. प्रविन कार्की, गौराङ्गा विश्वविद्यालय, भारत प्राज्ञ सनतकुमार रेग्मी, पूर्वसदस्यसचिव नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ प्राज्ञ कविता आले, काठमाडौँ, चर्चित गायिका तथा अभिनेत्री, काठमाडौं प्राज्ञ महानन्द ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ शशीराम कार्की, नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ हरिप्रसाद तिमल्सिना, नेपाल प्रज्ञा–प्रतिष्ठान डा. गोकुल सिन्हा, दार्जीलिङ, भारत (भानुभक्तमा विद्यावारिधि) डा. घनश्याम परिश्रमी, कुलपति बर्दघाट प्रज्ञा–प्रतिष्ठान, नेपाल श्री अशेष मल्ल, वरिष्ठ साहित्यकार तथा रङ्गकर्मी, काठमाडौं देश सुब्बा, दार्शनिक, चिन्तक तथा वरिष्ठ लेखक, हङकङ श्री कृष्ण धरावासी, वरिष्ठ साहित्यकार मोमिला जोशी, सशक्त नारी हस्ताक्षर, साहित्यकार, काठमाडौं शैलेन्द्र साकार, शिखरकवि, काठमाडौँ प्रभा भट्टराई, भानुभक्तका पनातिनी, कुन्ता शर्मा, वरिष्ठ साहित्यकार, धरान, नेपाल अशोक रोका, वरिष्ठ साहित्यकार, डुवर्स, भारत मणिकुमार प्रधान, सिलिगुडी, भारत गीता भण्डारी, अध्यक्ष साहित्यिक चौतारी नेपाल रमन गुरुङ, अध्यक्ष हङकङ साझा शृङ्खला विमला तुम्खेवा, अध्यक्ष सन्चारिका समूह नेपाल कर्ण गुरुङ, अध्यक्ष, ग्लोबल भुटनीज लिटरेरी अर्गनाइजेसन आदि रहेका थिए ।
त्यसैगरी अतिथिहरूमा डा. ज्ञानु अधिकारी, साहित्यकार, समालोचक, काठमाडौं डा. सोमबहादुर धिमाल, साँस्कृतिक अभियन्ता, काठमाडौं प्रदिप परियार थापा, वरिष्ठ पत्रकार दिपा लिम्बू राई, लेखक, साहित्यकार रत्ननिधि रेग्मी शुक्राचार्य, अध्येता, अनुसन्धाता डा. देवेन सापकोटा, पर्या–साहित्यकार, असम चेतनाथ आचार्य, अरनिको सम्बन्धी अध्येता, लेखक तथा वरिष्ठ संचारकर्मी डा. बिष्णुमाया परियार, सामाजिक अभियन्ता केशव विक्रम खड्का “तथागत” डम्बर पहाडी ’एलाक’, निवृत्त उपप्राध्यापक त्रि.वि. तथा कवि गोविन्द शर्मा डा. नारद पोख्रेल, लेखक तथा समाजसेवी ज्ञान उदास, वरिष्ठ साहित्यकार चिनीमाया माझी, सामाजिक अभियन्ता तथा नेपाल माझी उत्थान सङ्घकी केन्द्रीय अध्यक्ष, पुष्पमणि प्रधान, अध्यक्ष प्रगतिशील लेखक सङ्घ, बाँके खगेन्द्र गिरी कोपिला, अध्यक्ष सर्वदा साहित्य सङ्गम पंकज श्रेष्ठ, अध्यक्ष प्रगतिशील लेखक सङ्घ, लुम्बिनी प्रदेश, डा. किङ गुनु घर्ती, वरिष्ठ साहित्यकार, मिजोरम, भारत दीपक पन्त, सचिव, नेपाली साहित्य समिति, मणिपुर डा. विनोद रसाइली, सचिव गोर्खा जनपुस्तकालय, खर्साङ, भारत निलिमा आचार्य, वरिष्ठ साहित्यकार, असम, भारत डा. विदुप्रकाश कायस्थ, सम्पदा अभियन्ता तथा लेखक, काठमाडौँ किशन प्रधान, वरिष्ठ साहित्यकार, नागरी, दार्जीलिङ, भारत डा. समर सिन्हा, सिक्किम विश्वविद्यालय, भारत हेमन्त काफ्ले, सिलिगुडी, भारत समीर शर्मा, सिलिगुडी, भारत डा. देवेन्द्र केसी, लेखक, गीतकार, काठमाडौँ छत्र छाजेड, हिन्दी कवि, अनुवादक, दिल्ली अश्विनी कोइराला, साहित्यपोष्ट निर्मला कुँवर, रेडियो नेपाल धनकुटा आदि रहेका थिए । त्यसैगरी संरक्षक सदस्यहरूमा सुरेन्द्र इङ्नाम बिश्वासदीप तिगेला बोज बराल डा. मधु माधुर्य विजय हितान रीतादेवी प्रधान । यसैगरी महासङ्घका आजीवन सदस्यहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।
महासङ्घको वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य देविका मंग्राती राईले सिलिगुडी भारतबाट गर्नु भएको थियो । प्रविधिमा महासङ्घका उपाध्यक्ष डेन्जोम साम्पाङ अमेरिका र सचिव डा मनमूर्ति भुर्तेल रसिया रहनु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो सारगर्भित मन्तव्य र सृजनाका साथ कार्यक्रमको सभापति तथा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गरेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।