कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न - Naya Online

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ । असार १५ गते सनिबारका दिन नयाँ बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरको सभाहलमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तथा मुन्धुमविद बैरागी काइलाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमका बिचमा रातो नदिको विमोचन गरिएको हो ।

कवि सीता तुम्खेवाको पहिलो कविता वाचनले विमोचनको औपचारिक ढोका खोलिएको थियो भने रातो नदि कृतिभित्रको कविता वाचन चर्चित गायक यश कुमार र नायक अंकित खड्कासँगै कवि सीता तुम्खेवाको संयुक्तरूपमा कविता म्युजिकल वाचनसहित प्रस्तुति गरिएको थियो ।

जुनू राना नेपालको बाग्लुङमा जन्मिएर हङकङमा कर्म गरिरहेकी कवि रानाको यो पहिलो कविता कृति हो ।

नयाँ अनलाइनका सहसम्पादक सिर्जना राईको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रम यासेली योङहाङले सञ्चालन गरेका थिए ।

शुभकामना मन्तव्यमा कवि तथा आख्यानकार बिना थिङ तामाङ, सन्चारिका समुहकी अध्यक्ष तथा कवि बिमला तुम्खेवा, समालोचक तथा प्राज्ञ डाक्टर बिन्दु शर्मा, कवि तथा प्राज्ञ श्रवण मुकारुङ र प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तथा मुन्धुमविद वैरागी काइला शुभकामना मन्तव्य रहेको थियो भने प्रा. वसन्त मुकारुङ, निरन्ती तुम्बापो, कवि स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापोलगायत थुप्रै कविहरूको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्यका क्रममा बैरागी काइँलाले नेपाली साहित्यले एउटा दर्बिलो कृति पाएको बताएका छन् । आदिवासी, जातीय र मुलधार पक्षले नहेरे पनि उक्त कृतिमा सबैथोक छ, बिषयवस्तुहरू ओजिलो रहेको बताएका छन् ।

कृतिकार कवि जुनू रानाले आफ्नो कृतिमाथी आएका समालोचक तथा टिप्पणीकार सबैलाई कृतज्ञता तथा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

उक्त औपचारिक कार्यक्रमको अध्यक्षता लेखक तथा कवि शशी लुमुम्बुले गरेका थिए । विमोचन कार्यक्रमको सम्पुर्ण व्यवस्थापन तथा आयोजना नयाँ अनलाइन डटकमले गरेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...