काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् । उनीहरू नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन उबुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने फेस्टिभलमा ‘गाउँ आएको बाटो’ ओपनिङ स्क्रिनिङ हुँदैछ । फेस्टिभलको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन् । त्यहाँस्थित एएफआई सिल्भर थिएटरमा बिहिबार ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिने छ ।
फेस्टिभलमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरेर ३५ फिल्म स्क्रिनिङ हुने तय छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।