जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी - Naya Online

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन् ।

शनिबार मधेश प्रदेशको राजधानी जनकपुरमा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जसपा नेपालको महत्त्व थप बढेको दावी गरेका हुन् ।

‘हाम्रो पार्टी अझ नयाँ ढङ्गले सुदृढ भएर अगाडि बढ्छौँ’, पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँनै यादवले भने ।

पार्टीको आसन्न प्रथम एकताको महाधिवेशनको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले जसपा नेपाल र जसपा नेपालबाट चोइटिएकाको समेत सहभागिता बिना कुनै पनि सत्ता र शक्तिको निर्माण नभएको जिकिर गरे ।

लोकतान्त्रिक र समाजवादी शक्तिहरुसँग मिलेर अगाडि बढेको जानकारी दिँदै यादवले भने –‘डायमण्डलाई जति सानो टुक्रा पारे पनि त्यो डायमण्ड नै हुन्छ । चुम्बकलाई सानो टुक्रा पारे पनि त्यसको कण मात्रै पनि चुम्बक नै हुन्छ ।’

जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही जेठ २८, २९ र ३० गते जनकपुरधाममा आयोजना हुँदैछ । २८ गते जनकपुरधामस्थित तिरहुतिया गाछीमा महाधिवेशनको उद्घाटन सत्र सम्पन्न हुनेछ भने सो समारोहमा भारत, मलेशिया, स्पेन, अजरबैजान, इन्डोनेशियालगायतका देशहरुको लोकतान्त्रिक पार्टीका प्रतिनिधिहरुको सहभागीता रहने छ ।

दोस्रो दिन जेठ २९ गते जसपा नेपालको राजनीतिक वैचारिक दस्तावेज बारे आवश्यक छलफलसहित पारित गरिने र तेस्रो तथा अन्तिम दिन जेठ ३० गते निर्वाचन सत्रको आयोजना गरिने अध्यक्ष यादवले जानकारी दिए ।

जसपा विभिन्न राजनीतिक दल, घटक सङ्गठन, मोर्चा, आन्दोलन र अभियान मिलेर बनेको भन्दै अध्यक्ष यादवले एकता महाधिवेशनले सबैको भावना समेट्ने दावीसमेत गरेका हुन् ।

अध्यक्ष यादवले हालै सरकारले ल्याएको बजेटलाई आग्रहपूर्ण भनेर टिप्पणी गरे । ‘यो प्राथमिकता हराएको बजेट हो । यस बजेटले बेरोजगारी घटाउँदैन । शिक्षा र स्वास्थ्यको अवस्था समेत सुध्रिदैन । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सरकार चुकेको छ ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...