आपराधिक घटना न्यूनीकरणका लागि कोशीमा सहयोग गर्ने सरकारको प्रतिवद्धता - Naya Online

आपराधिक घटना न्यूनीकरणका लागि कोशीमा सहयोग गर्ने सरकारको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेश सरकारका समाजिक विकासमन्त्री पाँचकर्ण राईले समाजमा बढ्दै गरेको अपराधिक घटना न्यूनिकरणका लागि सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहिबार प्रदेश प्रहरी कार्यालयद्धारा निर्मित महिला हिंसा तथा मानव बेचविखनविरुद्ध जनचेतनामूलक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नेपाली जनताको सुरक्षा र सुशानका लागि अहोरात्र खट्ने प्रहरी प्रति आभरसमेत प्रकट गरेका थिए।

प्रदेश प्रहरीद्धारा सार्वजनिक गरिएको छोटो भिडियोले समाजमा भइरहेको वास्तविक घटनालाई देखाउन खोजेको र गाँउघरको चेलीबेटीले भोगिरहेको भोगाइलाइ देखाउन खोजिएको उनले बताए ।

‘भिडियोको बिम्बले वास्तविक घटनालाई उजागर गरेको छ , प्रलोभनमा फसेका चेलीबेटीलाई समाजमा निस्किएका विभिन्न तहका नवव्यपारीहरुले छिटो धनी हुने सपनामा चेलीहरुलाई विक्रिको साधन बनाएका छन्,त्यो रोकथाम गर्ने सबैभन्दा ठूलो कानुन छ सबैभन्दा कार्यन्वयन गर्ने तपाईहरु सबै सकल दर्जाका राष्ट सेवक प्रहरी हुनुहन्छ’, उनले भने,‘यो चेतनामूलक भिडियो सार्वजनिक गरेर तपाईहरुले असाध्यै राम्रो काम गर्नुभएको छ ।’
कोशी प्रदेशको अपाराधलाई अझ न्यूनिकरण गर्ने तर्फ लाग्न पर्नेमा जोड दिँदै उनले यस्ता खालको चेतनामूलक कार्यक्रम समाजिक विकास मन्त्रालयको तर्फबाट सहयोग गर्न तयार रहेको समेत उनले बताए ।

‘१४ जिल्लाको गाँउघरको चौकीसम्म यस्तो चेतनामूलक कार्यक्र पुगोस् चौकीका प्रमुखहरुले पनि मानवबेचविखन, प्रलोवनमा पारेर विक्रि गर्ने अपराधीहरुलाई नियन्त्रणमा लिएर कानुनको दायरमा ल्याउन सक्षम रहनुहोस्’, उनले भने ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले सानो कामबाट पनि ठूलो अर्थ राख्न सक्ने बताए । आफूहरुले गरेको कामले एकजना मात्रै पनि सकारात्मक प्रभाव पर्‍यो भने त्यसमा नै सफलता महशुस हुने उनले बताए ।

‘कामको बारेमा केही भन्नु भन्दा पनि यसले केही बोल्यो भन्ने अनुभूति गरेकोछु,’ डीआईजी खापुङले भने,‘सानासाना कामहरु गरिरह्यो भने कुनै न कुनै ठाँउमा अर्थ राख्छ, एकजनालाई मात्रै सचेत गरायो भने पनि सफल भएको महसुस हुन्छ ।’

प्रदेश प्रहरीद्धारा सार्वजनिक गरिएको भीडियोमा ग्रामिण क्षेत्रमा किश्वोरीहरुलाई रोजगारीको प्रलोभनमा पारी भारत तर्फ बेच्न लगिएको घटनालाई उजागर गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आपराधिक घटना न्यूनीकरणका लागि कोशीमा सहयोग गर्ने सरकारको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेश सरकारका समाजिक विकासमन्त्री पाँचकर्ण राईले समाजमा बढ्दै गरेको अपराधिक घटना...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...