बनेपामा चालकहरूबीच कुटाकुट - Naya Online

बनेपामा चालकहरूबीच कुटाकुट

काठमाडौं । काभ्रेको बनेपामा चालकहरूबीच कुटाकुट भएको छ । बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका चालक र हिमाल–तराई यातायातका चालकबीच कुटाकुट भएको हो ।

गाडी तेर्स्याएर सडक बन्‍द गरेपछि दुई यातायातबीच कुटाकुट भएको हो । उनीहरुबीच मंगलबारदेखि नै विवाद भएको थियो। मंगलबार काठमाडौं र ओखलढुंगामा दुई यातायातका कर्मचारीबीच विवाद भएको प्रहरीले जनाएको छ ।

त्यही कुरालाई लिएर बुधबार अरनिको यातायातको बागमती प्रदेश ०१–००६ ख ५५७१ नम्बरको गाडी सडकमा तेर्स्याएर अवरूद्ध गरिएको थियो ।

सडक अवरूद्ध गरेपछि ट्राफिक प्रहरीले चालकलाई नियन्त्रणमा लिने क्रममा त्यहाँ अरू दुई पक्षका चालकहरूबीच कुटाकुटको स्थिति बनेको हो ।

अहिले सडक खुलिसकेको र ती चालक र बसलाई नियन्त्रणमा लिई यस विषयमा दुई पक्षबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रदेश नं. १ मा जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

लुङा पत्रिकाले रजत वर्ष विशेषाङ्क विमोचन गर्दै, दुई पत्रकार पुरस्कृत हुँदै

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत...

लिम्बू पलाम “साम्याङ अम्लेङ्”को भिडियो सार्वजनिक

कात्तिक २९, काठमाडौ । लिम्बू भाषाको पालाम ‘साम्याङ अम्लेङ्’ को म्युजिक भिडियो सार्वजनिक भएको...

चलचित्र ‘चे’लाई “बेस्ट स्टोरी अवार्ड” प्रदान

कात्तिक २९, काठमाडौ । लिम्बु कथानक चलचित्र “चे”ले बेस्ट स्टोरी अवार्ड प्राप्त गरेको छ...

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...

चलचित्र ‘चे’ असोज १५ गते काठमाडौमा प्रदर्शन हुने

काठमाडौ – १ असोज २०८१ मंगलबार । आदिवासी चलचित्र ‘चे’ आगामी असोज १५ गते...

याक्थुङ युवा मञ्च, भक्तपुर जिल्ला अधिवेशन सम्पन्न

काठमाडौ – २९ भदौ २०८१ शनिबार । याक्थुङ युवा मञ्च भक्तपुरको प्रथम अधिवेशन सम्पन्न...

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार । ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ ।...

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...