संचारकर्मी सन्देश सुब्बा पुरस्कृत - Naya Online

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। सुम्हात्लुङ टाइम्स डटकमका सञ्चालक तथा सम्पादक, पत्रकार सुब्बालाई नेपाल पत्रकार महासंघ पाँचथरको प्राङ्गणमा मंगलबार आयोजित मिडिया सम्मेलनको अवशरमा उक्त पुरस्कार वितरण गरिएको हो ।

पत्रकार सुब्बालाई कार्यक्रमका प्रमुख अतिथि, प्रदेसभा सदस्य मैंया श्रेष्ठ लाओतीले सम्मान–पत्र, पुरस्कार संस्थापकका तर्फबाट व्यवसायी दिपक नेपालले पुरस्कार राशी प्रदान गरेका थिए भने फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दिपेन्द्र थापा मगरले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासंघ, पाँचथर शाखाले फिदिम स्पोर्टिङ क्लवसँगको सहकार्यमा बार्षिक रुपमा १० हजार रुपैंयाँ राशीको पुरस्कार प्रदान गर्दैै आएको छ ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेश आचार्यलाई यस बर्षको स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने अग्रज पत्रकारलाई बार्षिक रुपमा प्रदान गरिने ३३ हजार ३ सय ३३ रुपैंयाँ राशीको यो सम्मानबाट यसपल्ट डा.आचार्यलाई सम्मान गरिएको हो ।

त्यस्तै २५ हजार रुपैंयाँ राशीको फिदिम नगर पत्रकारिता पुरस्कार पत्रकार खबिन लुईंटेल र दश हजार रुपैंयाँ राशीको स्वर्गीय हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कार पत्रकार दुर्गा खनाललाई प्रदान गरिएको छ ।

सम्मान तथा पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथि, प्रदेशसभा सदस्य मैँया श्रेष्ठ लाओतीसँगै जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङदेम्बे लगायतले सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम नेपाल पत्रकार महासंघ, पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...