नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर - Naya Online

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह र प्रमुख कार्यकारी अधिकृत गुरूङले उक्त समझदारीपत्र आदानप्रदान समेत गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुवै निकायको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । यस समझदारीबाट वहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरो सम्बन्धी उपचारमा थप सहजता हुने उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले समझदारीलाई कागजको दस्तावेज मात्र नभई
उपलब्धीमूलक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । दुवै निकायको समन्वय र सहकार्यबाट दुवै पक्षलाई लाभ हुने उल्लेख गर्दै उहाँले नेपाल प्रहरी भविष्यमा पनि यस्ता सेवामूखी काममा हातेमालो गर्न तयार रहेको बताए ।

सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाले फाउन्डेसनलाई समझदारी योग्य सम्झेकोमा नेपाल प्रहरीलाई धन्यवाद दिँदै यसबाट गुणस्तरीय सेवा, शिक्षा र रिसर्चमा सहयोग पुग्ने बताए ।

उक्त अस्पताल तथा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले
समझदारी अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालको न्यूरो क्षेत्रमा विकास गर्न सहयोग गर्नुको साथै सम्बन्धित विषयमा तालिम दिन समेत फाउन्डेसन तयार रहेको उल्लेख गरे ।

उक्त सम्झौता अनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत विशेषज्ञ सेवाहरू
आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई औषधी र कन्जुमेवल आइटम वाहेक ओपिडी, वेड भर्ना, अप्रेसन लगायतमा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जो कोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको छ । साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने वहालवाला प्रहरी कर्मचारी र
तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । सम्झौता २०८१ जेठ १६ गतेदेखि कार्यान्वयन भई ५ वर्ष अवधिको लागि लागू हुनेछ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र...

दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा...

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...

कुम्मायकको पिपलबोटे स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत । कुम्मायक गाउँपालिका अन्तर्गत वडा नं. ५ स्याबरुम्बाको...

लागूऔषध दुव्र्यसनविरुद्ध पृथ्वी मावि यासोकमा सचेतनामुलक कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत्र । ‘लागूपदार्थरहित स्वस्थ समुदायका लागि हाम्रो अभियान’ भन्ने...

याक्थुङ सिङ्गक फाउन्डेसनको पहलमा क्यान्सर पीडितलाई सहयोग

तेह्रथुम, ११ असोज । विगत ९ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित तेह्रथुम फेदाप गाउँपालिका–३ जलजले...

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ५ हजार ८ सय ९७ जनालाई मास्क वितरण

काठमाडौं, २० भदौ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित...

ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाद्धारा ६१ स्वास्थ्य चौकीलाई सहयोग

२७ साउन, ललितपूर । ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाले ताप्लेजुङका सबै गाउपालिका र नगरपालिकाका स्वास्थ्य...

संसारमा नरुने को छ र ?

जीवनमा सर्वसाधारण मानिस मात्र होइन ख्यातीनामा कमाएका महापुरुषहरू पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन्...

देश बिदेशमा रहेका संघ-संस्थाद्धारा कुम्मायक गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग जारी

असार १८ । पाँचथरको कुम्मायक गाउँपालिकालाई यासोक देउराली क्षेत्र सेवा समाज काठमाण्डौले स्वास्थ्य सामाग्री...