दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै - Naya Online

दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

भक्तपुर अस्पतालको आयोजना, मनोहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुवाकोट भक्तपुरको सहयोग एवं चाँगुनारायण नगरापालिका वडा नम्वर १ को कार्यालय र दुवाकोट स्वास्थ्य चौकीसँगको समन्वयमा मनोहरा आधारभूत विद्यालय बेसी दुवाकोटमा स्वास्थ्य शिविर हुने भएको हो ।

विशेषज्ञ चिकित्सकहरूसहितको निःशुल्क स्वास्थ्य शिविर आगामी जेठ १८ गते शुक्रवारका दिन बिहान ९ः३० बजेदेखि आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।

शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान,यस्तै नाक, कान, घाँटी विशेषज्ञ सेवा रेडियोलोजिष्ट, फिजिसियन र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा सुगर परीक्षण, ई सिजी, एक्स–रे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू समेत रहेको भक्तपुर अस्पतालले जनाएको छ ।

भिडियो एक्स–रेका साथै अशक्त र ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था रहेको छ । स्त्री रोग सम्बन्धी थप उपचार वा शल्यक्रिया गर्न पहिचान भएका बिरामीलाई भक्तपुर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत उक्त शिविरमा रहेको आयोजकले जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरबाट विभिन्न रोगको पहिचान गर्नुका साथै महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान समेत हुने भएकाले उक्त निःशुल्क शिविरबाट धेरै भन्दा धेरैले लाभ लिने आफूहरूले आशा गरेको भक्तपुर अस्पतालकी निर्देशक सुमित्रा गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार शिविरबाट धेरैले लाभ लिनेमा आफू विश्वस्त भएको समेत बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र...

दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा...

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...

कुम्मायकको पिपलबोटे स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत । कुम्मायक गाउँपालिका अन्तर्गत वडा नं. ५ स्याबरुम्बाको...

लागूऔषध दुव्र्यसनविरुद्ध पृथ्वी मावि यासोकमा सचेतनामुलक कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत्र । ‘लागूपदार्थरहित स्वस्थ समुदायका लागि हाम्रो अभियान’ भन्ने...

याक्थुङ सिङ्गक फाउन्डेसनको पहलमा क्यान्सर पीडितलाई सहयोग

तेह्रथुम, ११ असोज । विगत ९ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित तेह्रथुम फेदाप गाउँपालिका–३ जलजले...

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ५ हजार ८ सय ९७ जनालाई मास्क वितरण

काठमाडौं, २० भदौ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित...

ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाद्धारा ६१ स्वास्थ्य चौकीलाई सहयोग

२७ साउन, ललितपूर । ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाले ताप्लेजुङका सबै गाउपालिका र नगरपालिकाका स्वास्थ्य...

संसारमा नरुने को छ र ?

जीवनमा सर्वसाधारण मानिस मात्र होइन ख्यातीनामा कमाएका महापुरुषहरू पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन्...

देश बिदेशमा रहेका संघ-संस्थाद्धारा कुम्मायक गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग जारी

असार १८ । पाँचथरको कुम्मायक गाउँपालिकालाई यासोक देउराली क्षेत्र सेवा समाज काठमाण्डौले स्वास्थ्य सामाग्री...