अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट - Naya Online

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप सकसमा परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दहालले जेष्ठ ७ गते विश्वासको मत लिन लागिरहेकै बेला जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राई पक्षलाई विश्वासको मतसहितको संसदीय कार्वाही भाग लिन नदिन भन्दै सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

ऐन कानुनविपरित निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएको हुँदा खारेजीको माँग सहित सर्वोच्चमा दायर गरिएको रिट्मा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले राई नेतृत्वको जसपा सम्बन्धि हरेक निर्णयलाई यथास्थितिमा राख्ने आदेश गरि सकेको अवस्थामा उनी हरु संसदीय कारवाही सहभागी हुनु आदेश बिपरित हुने भएकोले राई पक्षलाई सहभागी हुन नदिन अन्ततिम आदेश मांग गर्दै रिट दायर गरिएको छ ।

अध्यक्ष यादवले आईवार दर्ता गराएको अन्तरिम रिटमा सुनवाईका लागि सर्वोच्चले सोमबार बिहान १० बजे पेशी तोके पछि राई पक्ष थप सकसमा परेका छन् ।

सोमबार सर्वोच्चले अन्तरिम आदेश जारी गरि दिए राई पक्ष प्रधानमन्त्रीको विश्वासको मतसहितको संसदीय कामकारबाहीमा सहभागीता जनाउनबाट बंचित हुने अवस्थाले उनी हरु सकसमा परेका हुन् ।

सर्वोच्चबाट अन्तरिम आदेश मांग गरेको अध्यक्ष यादव पार्टी बिभाजनमा संलग्न सात जना सांसदलाई अन्तिम आदेश नभए सम्म संसदीय कामकारबाहीमा सहभागीहुन नदिन संसद सचिवालयलाई जानकारी समेत गराएका छन् ।

संघीय संसद सचिवालयमा दर्ता भएको उनको निवेदनमा सांसदहरू अशोककुमार राई, नवलकिशोर साह सुडी, रञ्जुकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान, सुशीला श्रेष्ठलाई विश्वासको मतको प्रक्रियामा सामेल नगराउन अनुरोध गरेका छन् ।

अशोकको जनता समाजवादी पार्टीको दर्तालाई लिएर सर्वोच्च अदालतले निर्णयहरू यथास्थितिमा राख्न प्रारम्भिक आदेश दिएको स्मरण गराउँदै यादवले कुनै दलको तर्फबाट निर्वाचित भएको जनप्रतिनिधिले पदावधि कायम रहेसम्म दल त्याग गर्न नपाउने कानूनी प्रावधान रहेको निवेदनमा जिकिर गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले...

उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल

काठमाडौं ।  नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी...