राइफलको नालबाट जीवन नियाल्दा सार्वजनिक - Naya Online

राइफलको नालबाट जीवन नियाल्दा सार्वजनिक

काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको उक्त कृति हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि शशी लुमुम्बू, सङ्गीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक टेकनाथ दाहाल, संस्कृति संरक्षण समाज, नेपालका अध्यक्ष सास अधिकारी (ठण्डबहादुर अधिकारी)द्वारा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै श्रवण मुकारुङले डायास्पोरामा बसेर लेखिरहेका साहित्यकारहरूमध्ये आफूले गणेश राईलाई अब्बल साहित्यकारका रूपमा पाएको बताए । उनले भने, “डायास्पोराबाट धेरै साहित्यकारहरूले लेखिरहेका छन् तर उहाँले जस्तो अब्बल कृतिचाहिँ अरुबाट लेखिएको मैले पढेको छैन । यस कुराको पुष्टि आज सार्वजनिक भएको कृतिले पनि गर्दछ ।”

शशी लुमुम्बूले नेपाली साहित्यमा युद्धसाहित्यसम्बन्धी उत्कृष्ट कृतिहरू लेखेर गणेश राई युद्धसाहित्यकार रूपमा स्थापित भएको उल्लेख गर्दै राईका अन्य कृतिजस्तै यो कृति पनि युद्धसम्बन्धी नै भएको बताए । उनले भने, “यसलाई युद्धअनुभव, युद्धअनुभूति वा युद्धस्मरणात्मक उपन्यास पनि भन्न सकिन्छ ।”

टेकनाथ दाहालले कृति पढिरहँदा पाठकले आफैँ पनि युद्धमा सामेल भइरहेको अनुभूति दिने उल्लेख गर्दै युद्धसाहित्यमाथि लेखिएको यति बेजोडको किताब आफूले पहिलो पटक पढ्न पाएको बताए ।

कृतिकार राईले रहरैरहरमा पहिलो किताब लेखेको स्मरण गर्दै तर पछि गएर आफूजस्तै सैन्य तथा गैरसैन्य लेखक/साहित्यकारहरूसँगको सङ्गत र सहकार्यले आफूलाई साँच्चिकै लेखनको लत लागेको अनुभव सुनाए । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका पूर्वअध्यक्षसमेत रहेका राईको उक्त पुस्तक रत्न पुस्तक भण्डार, काठमाडौँले प्रकाशन गरेको हो ।

राई यसअघि राइफलको नालबाट जीवन नियाल्दा (संस्मरणात्मक उपन्यास, २०६२), राइफलले फलाकेको जिन्दगी (कवितासंग्रह, २०६३), युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास, सन् २००९), राइफलको मूच्र्छना (युद्ध उपन्यास, २०६८), फोकल्यान्ड जर्नल (युद्धअनुभव, सन् २०१६), युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू (संयुक्त लेखन, सन् २०१४), अमेरिका डायरी (नियात्रा, २०७९) र गोर्खा गन्स (सन् २०२०) प्रकाशित छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यवसायी पक्राउ

विराटनगर । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका एक व्यवसायी धनकुटाको भेडेटारबाट...

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा...

नेपाली सेनाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि तीनदिने तालिम सम्पन्न

विराटनगर । नेपाली सेनाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको...

कोशी प्रदेश प्रहरी कार्यालयलद्धारा सचेतनामूलक भिडियो सार्वजनिक

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले सचेतना मूलक भीडियो सार्वजनिक गरेको छ । समाजिक...

आपराधिक घटना न्यूनीकरणका लागि कोशीमा सहयोग गर्ने सरकारको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेश सरकारका समाजिक विकासमन्त्री पाँचकर्ण राईले समाजमा बढ्दै गरेको अपराधिक घटना...

बाल संरक्षण सम्बन्धी एकीकृत कार्यविधि अन्तिम चरणमा छः मन्त्री चौधरी

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिका खोजतलास सेवा (१०४)को...

बनेपामा चालकहरूबीच कुटाकुट

काठमाडौं । काभ्रेको बनेपामा चालकहरूबीच कुटाकुट भएको छ । बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनुपर्छ: सुरेश श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...