दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार - Naya Online

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले

क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई उद्धार गरी स्वदेश फर्काईएको छ । उद्धार हुनेमा जाजारकोटका लोकेन्द्र तिरुवा र अम्बर बहादुर सार्की रहेका छन्। उनीहरु बटिक एयरको उडानबाट २७ अप्रिलका दिन स्वदेश फर्किएका हुन् ।

अम्बर बहादुर सार्कीको उद्धारका लागि अवैधानिक बसोबास गरेवापत अध्यागमनलाई बुझाउनु पर्ने जरिवाना वापतको रकम किरात याक्थुङ चुम्लुङ मलेसियाको सहकोषाध्यक्ष आशिष लिम्बूले आफ्नो जन्मदिनको उपलक्ष्यमा प्रदान गरेका थिए । त्यसैगरी, हवाई टिकट प्रथम सचिव बलीराम धामीको पहलमा नेपाल राजदूतवासले उपलब्ध गराएको हो । त्यस्तै, लोकेन्द्र तिरुवाको उद्धारका लागि मलेसिया गोर्खा एसोसियसनका अध्यक्ष रोशन राना र हवाई टिकट रावाङमा ब्यवसाय गर्दै बस्नु भएका ब्यवसायी प्रकाश खतिवडाले उपलब्ध गराएको हो ।

आजभन्दा ११ वर्षअघि ग्लोब कम्पनीमा काम गर्न आएका लोकेन्द्र दुईवर्ष काम गरेपछि कम्पनी छाडेर भागेका थिए । त्यसयता उनी अवैधानिक रुपमा बसोबास गरि काम गर्दै आएका थिए । यद्धपी काम र दामको ब्यवस्थापन गर्न नजान्नले उनी लावारिस झै भएका थिए । यहाँसम्म कि उनले निखिलको परिचयमा आफ्नो वास्तविक वतन खुलाउने नाम समेत बिर्सिसकेका थिए । वास्तविक नाम थर समेत बताउन नसक्ने अवस्थामा भेटिएका उनलाई पिएनसिसिको मलेसिया प्रतिनिधि पूर्ण लिम्बूले उद्धार गरेका थिए ।

त्यस्तै, अम्बर बहादुर सार्की सात वर्ष अगाडी पहिलो पटक मलेसिया आएका थिए । नेपालबाट पठाउदा भनिएको कम्पनी भन्दा फरक कम्पनीमा काम दिएको भएपनि उनले सन्तोष पूर्वक पाँच वर्ष काम गरे । दुईछुट्टी नेपाल फर्किए । कोभिड पछि कम्पनी सट भयो । त्यसपछि उनी कम्पनी छाडेर अवैधानिक बस्न बाध्य भए । पछिल्लो समय काम गर्दै आएको अवस्थामा अचानक स्वास्थ्यमा समस्या भयो । कम्पनीले पनि त्यहिबेला कामबाट निकाली दियो । आपतको अवस्थामा जाने ठाउँ कतै नदेखेपछि उनी दूतवासको सरणमा आईपुगेका थिए । उनलाई दूतवासको सिफारिसमा एनआरएनएले सञ्चालन गरेको सेल्टरहाउसले आश्रय दिएको थियो ।

स्वदेश फर्किसकेका उनीहरु दुवैजनाको ट्राभल डकुमेन्ट नेपाल राजदूतवासले निशूल्क जारी गरेको हो । भने, कागजी प्रकृया लगायतका सबै किसिमको सहयोग र घरसम्म पु-याउने ब्यवस्थापन पिएनसिसिले गरिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...