छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु - Naya Online

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका–१० बस्ने २८ वर्षीय अजित केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई माया पोलिक्लिनिक छिन्चु सुर्खेत हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ चाउथेस्थित सडकमा बा.१ प १३३८ नम्बरको बस र ग.२४ प ३२९५ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका–१४ बस्ने १९ वर्षीय खुसी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ जिल्लाको लमही नगरपालिका–७ स्थित सडकमा रोकी राखेको लु.१ ख ९५७० नम्बरको ट्रकमा प्रदेश नम्बर ०३–२००९ प ९८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४३ वर्षीय महेन्द्र गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा जिल्लाको शिवसताक्षी नगरपालिका–८ स्थित सडकमा मे.३ प ५००१ नम्बरको मोटरसाइकल र प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्बिरः झिलझिले झापामा भएको दुर्घटनाबाट मृत्यु भएकाहरू, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको फेसबुकबाट

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...