आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट - Naya Online

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको घरमा सिलिन्डर पड्की मंगलबार राति आगलागी हुँदा खाद्यान्न लगायतका सामानहरू जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सिलिन्डर पड्किँदा घाइते भएका यादवलाई स्थानिय मेडिकल सुखिपुर हुँदै थप उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढी रिफर गरिएको छ ।

प्यूठान जिल्लाको माण्डवी गाउँपालिका–४ तिल्केनी सामुदायिक वनमा मंगलबार राति लागेको आगो फैलिएर सोही ठाउँस्थित २ वटा घर र ५ वटा गोठ जलेर नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

यसैगरी माण्डवी गाउँपालिका–२ टुक्रुकस्थित पोखरी सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित १ वटा घर र ४ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

प्युठान नगरपालिका–२ ढाडस्थित वसन्त सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने हिरा बहादुर परियारको गोठ र कुखुराको खोर जलेर पूर्णरूपमा नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ मयाँखुस्थित लालिगुँरास सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही नगरपालिका–५ सोरागाँउ बस्ने विनोद राईको घर, चौकीराज राईको घर र मतान समेत जलेर करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी खोटेहाङ गाउँपालिका–१ मुलाबारीस्थित लिकुवापोखरी सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने टंकनाथ तिम्सिनाको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ७ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५ पावसस्थित गितवार सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नर बहादुर राईको घर, गोठ र दल बहादुर राईको गोठ समेत जलेर करिब ११ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका–३ अर्चलेस्थित अर्चलेपाखा सामुदायिक वनमा मंगलबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने केशव बहादुर बोगटीको २ वटा घर जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित सर्लाही घर भएका बिरेन्द्र सिंह दनुवारको टहरा, रौतहत घर भएका बिक्रम यादबको टहरा र उदयपुर कटारी घर भएका मान बहादुर बुढाथोकीको टहरामा ग्यास लिक भई मंगलबार दिउँसो आगलागी हुँदा ३ वटै टहरा र मान बहादुरको कपासको खेलौना बनाउने कारखाना समेत जलेर करिब १९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ घलेगाउ बस्ने ओम प्रकाश गुरुङको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १४ लाख १४ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–१ बजार करूनिया टोलमा मंगलबार दिउँसो आगलागी हुँदा सोही टोलको ४ वटा घर र ४ वटा गोठ जलेर करिब २६ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहटकै चन्द्रनिगाहपुर नगरपालिका–१ पौराईस्थित वनमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँस्थित रोयल नेपाल बि फर्ममा आगलागी हुँदा मौरीको ६० घार जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी जिल्लाको भोक्राहानरसिंह गाउँपालिका–३ डलुवास्थित सिसौ टोल बस्ने गियानन्द मेहताको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ गैरीगाँउस्थित बलेनी सामुदायिक वनमा मंगलबार साँझ आगलागी हुँदा सोही ठाउँ बस्ने बेद कोइराला समेत ३ जनाको ४ वटा घर र १ वटा गोठ पूर्णरूपमा जलेर करिब १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडस्थित कञ्चनपुर कृष्णपुर नगरपालिका–७ घर भएका प्रेरणा पाण्डेले सञ्चालन गरेको प्रेरणा सपिङ्ग सेन्टरमा गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगालगी हुन नदिन सचेतना अपनाउन समेत प्रहरीले स्थानीयबासीलाई आग्रह गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...