सुरेन्द्र इङ्नाम
युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ् कप सम्पन्न भएको हो । २० अप्रिलको दिन उक्त खेलको आयोजना भएको हो ।
१६ मुख्य टिम सहभागी रहेकोमा भेट्रान टिममा ८ र सुपर भेट्रानमा ४ टिमले भाग लिएको थियो । उक्त खेलमा मेन टिडवोर्थ वरियर्स र क्यू जी सिगनल्स फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट क्यू जी सिगनल्स बिजयी र टिडवोर्थ वरियर्स उप बिजेता भएका छन् ।
मेन अफ बेस्ट खेलाडी मौसम राई क्यू जी सिगनल्स र बेस्ट गोलर चेत गुरुङ् एफ्सी तोङ्बा भए । बिजयी टिमले पाउण्ड १००० र उप बिजयी टिमले पाउण्ड ५०० नगद रासी प्राप्त गरे ।
भेट्रान टिमबाट क्यू जी मास्टर र ईन्टेक ०४ फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट क्यू जी सिगनल्स बिजयी र टिडवोर्थ वरियर्स उप बिजेता भए । बेस्ट खेलाडी बिकास देवान क्यू जी मास्टर र बेस्ट गोलर सोम थापा ईन्टेक ०४ भए । बिजयी टिमले पाउण्ड ६०० र उप बिजयी टिमले पाउण्ड ३०० नगद रासी प्राप्त गरे ।
सुपर भेट्रान टिमबाट धरान एफ्सी र ईलाम एफ्सी फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट ईलाम एफ्सी बिजयी र धरान एफ्सी उप बिजेता भए । बेस्ट खेलाडी लोक लिम्बु ईलाम एफ्सी र बेस्ट गोलर लेख राई ईलाम एफ्सी भए । बिजयी टिमले पाउण्ड ६०० र उप बिजयी टिमले पाउण्ड ३०० नगद रासी प्राप्त गरे ।
बेलायतमा बसोबास गर्दै आएका लिम्बुहरूको साझा लगानिमा खरिद गरेको १६ एकर जमिनमा गत सालदेखि आफ्ना वार्षिक कार्यक्रमहरू गर्दै आएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।