जेडी गाउँले
क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले दुईजना पीडित नेपाली श्रमिकको उद्धार गरि नेपाल पठाएको छ ।
उद्धार हुनेमा बलवा ६, महोत्तरी जिल्ला निवासी फेकन सहनी र यसोधरा १, कपिलवस्तु निवासी जमिल अहमत चुरीहर रहेका छन् । उनीहरू प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)को समन्वयमा १९ अप्रिलका दिन हिमालयन एयरलाईन्सको फ्लाईटमा नेपाल फर्किएका हुन् ।
पीडित फेकन सहनी आजभन्दा चारवर्ष अगाडी बातुपाहतस्थित फर्निचर कम्पनीमा आएका थिए । दुईबर्ष काम गरेपछि कम्पनी सटडाउन भयो र भनेजति काम दिन सकेन । त्यसपछि कम्पनीबाट भागे । कम्पनीबाट भाग्दा जस्तो सोचेर भागेको थिए, त्यस्तो भएन । न कामको टुङ्खो भयो न बस्ने कै । पूर्णरुपमा बेरोजगार भएर बिगत सात महिनादेखि साथीभाईहरूको सहयोग र सहायतामा बस्दै आएका फेकनलाई पिएनसीसी भोलेन्टियर सुरेन्द्र महत्तोको पहलमा बातुपहात क्षेत्रबाट नेपाल राजदूतावसले उद्धार गरेको हो ।
त्यसैगरि अर्का पिडीत जमिल अमत चुरीहरलाई पीएनसीसी मलेसिया प्रतिनिधि पूर्ण सुब्बाले आकासे पुलमा सुतिरहेको अवस्थाबाट उद्धार गरेको हो । आजभन्दा नौ बर्ष अगाडी मलेसिया आएका जमिलले घरपरिवारलाई सम्पर्क गर्न छाडेपछि परिवारका सदस्यले पीएनसीसीलाई खोजि गर्न अनुरोध गरेको थियो । परिवारकै अनुरोधमा खोजिगर्दा जमिललाई मानसिक सन्तुलन असमान्य रहेको अवस्थामा भेटिएको थियो ।
दुवैजनाको उद्धार कार्यमा प्रत्यक्ष सम्लग्न रहेका पूर्ण सूब्बाका अनुसार फेकन सहनी र जमिल अमत चुरीहर दुवैजनाको ट्राभल्स डकुमेन्ट दूतवासले निःशूल्क जारी गरेको हो । मलेसियामा अवैधानिक बसेबापत अध्यागमनसंगको समन्वाय र बुझाउनु पर्ने कम्पाउन्ड शूल्क साथै हवाई टिकट प्रथम सचिव प्रेम बुढाको पहलमा फेकन सहनीको नेपाल राजदूतावास र जमिल अमत चुरीहरको पीएनसीसीले उपलब्ध गराएको हो । त्यस्तै, उद्धार गरिएको दिनदेखि नेपाल नफर्किउन्जेलसम्म बस्ने ब्यवस्था सेल्टर हाउसमा एनआरएनले उपलब्ध गराएको हो ।
‘अप्रिल १९ तारिख नेपाल फर्किएका दुवैजनालाई पीएनसीसी मुख्य कार्यलयले त्रिभुवान अन्तराष्ट्रिय विमान स्थलबाट रिसिभ गरि सेल्टर हाउसमा राखिने र परिवारको जिम्मा लगाईने छ । र, उनीहरूलाई घरसम्म पुग्ने खर्च दिएर विदा गरिने छ ।’ पूर्ण सुब्बाले नयाँअनलाइनसँग भने ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।