धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट मुनी खसेको छ ।
दुर्घटनामा ९ जना सख्त घाइते भएका छन् । ती मध्ये ८ जनालाई वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचार गर्न विहान ५ः२५ बजे पुर्याएको छ । १ जनाको धनकुटाको अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा काठमाडौ ३१, बानेश्वरको ४३ वर्षकी कविता राई, क्रमशः धनकुटा ९ सागुरीमाई ४१ वर्षका सुर्य बहादुर राइ, ३६ वर्षकी सविता राई, धनकुटा १, क्रमशः हिलेका ४५ वर्षकी कल्पना तमाङ्ग र हिलेको ४५ वर्षको गङ्गाराम गोग्देन, काठमाडौ ३ बौद्धकी ४२ वर्षको सृजना गुरुङ, क्रमशः काठमाडौ १, मुलघाटको ३७ वर्षको अर्जुन घिसिङ र ५० वर्षकी सितादेवी राई सख्त घाइते भएको अस्थाई प्रहरी चौकी घोपाबाट जानकारी प्राप्त भएको छ ।
घाइतेहरू अधिकांसका टाउको, ढाड अनि छातीमा चोट लागेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
थप ५ जना सामान्य रहेको छ भने चालक अहिले धनकुटाको प्रहरी नियन्त्रणमा रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।