फोनिजद्वारा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना कार्यक्रम - Naya Online

फोनिजद्वारा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना कार्यक्रम

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वैशाख ४ गते बुधबार ईटहरीको एभरेष्ट ब्याङ्केटमा सम्पन्न भएको भेलाले फोनिज कार्यसमितिका उपाध्यक्ष अप्सरा समाललाई महिला विभागको संयोजक समेत तोकेको छ ।

कार्यक्रमको उद्धघाटन सत्रलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता गुरुङले प्रदेश सभाले ल्याउन लागेको सञ्चार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने दाबी गरिन् । मन्त्री गुरुङले पत्रकारको पहिचानको लागि यो संचार विधेयकले मद्दत गर्नेछ बताउदै विधेयक चाडै नै टेबुल हुने दाबी गरिन् । संचार विधेयकले मात्रै समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने र यो विधेयकले पत्रकार कल्याण कोषको व्यवस्था गरिने उनको भनाई छ । पहिचानबादी महिलाहरुलाई समानुपातिक समाबेसी ढंगले संचारका हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन राज्यको दायित्व रहेकोे बताउदै उनले प्रदेश सरकारले पनि सो कुरामा काम गरिरहेको जानकारी गराइन् ।

कार्यक्रममा इन्चार्ज भक्तशेर लिम्बू, प्रदेश सल्लाहकार निलिफा सुब्बा, प्रदेश अध्यक्ष सन्तवीर लामा, फोनिजका संघीय सदस्य देवेन्द्र खापुङ, नेपाल पत्रकार महासङघका प्रदेश कार्यवाहक अध्यक्ष लवदेभ ढुंगानालगायतले सम्बोधन गरेका थिए ।

दोश्रो चरणको कार्यक्रममा महिला पत्रकारहरुको अवस्था, चुनौती र अवसरको विषयमा कार्यरत पत्रकार विद्या राईले प्रशिक्षण दिएकी थिइन् भने साईबर अपराध सम्बन्धि सचेतना तथा विद्युतिय कारोबार ऐनको विषयमा कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङले प्रशिक्षण दिएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘लगन जुराई’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १२ जेठ, २०८१ शनिवार । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो...

पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको...

लिम्बुवान मञ्च याङ्वरकको अधिवेशन सम्पन्न, अध्यक्षमा पोलस्टार तावा निर्वाचित

पाँचथर । २३ बैशाख २०८१ आइतबार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...

बैशाख २२ गते ‘युप्पारुङ पि?मा’ प्रदर्शन हुने

पाँचथर । २० बैसठ्ठी २०८१ बिहिवार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष ...

राइफलको नालबाट जीवन नियाल्दा सार्वजनिक

काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन...

दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा दुई नेपालीको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले दुईजना पीडित नेपाली श्रमिकको उद्धार गरि नेपाल...

फोनिजद्वारा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना कार्यक्रम

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको...

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा प्रकाशित परदेशी विम्बहरू… लोकार्पित

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले पुस्तक लोकार्पण, परिचर्चा, सृजना बाचन तथा पुरस्कार सम्मान...